arrow

जनताको अभिभावकका रुपमा उभिन सरकारलाई सुझाव

logo
प्रकाशित २०७७ कार्तिक ६ बिहिबार
sher-bahadur-deuba.jpg.jpeg

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कोरोनाको परीक्षण र संक्रमित नागरिकको निःशुल्क उपचार गर्न सरकारसँग माग गरेका छन् । उनले नागरिकको स्वास्थ्य परीक्षणदेखि संक्रमितको उपचारसम्मका सबै काम निशर्त, विनाभेदभाव निःशुल्क गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीलाई आग्रहसमेत गरेका छन् ।

सभापति देउवाले बिहिबार एक विज्ञप्तिमार्फत कोरानाका कारण प्रत्येक नागरिक आफ्नो र परिवारको स्वास्थ्यको विषयमा चिन्तित बनेको वर्तमान अवस्थामा जनताको अभिभावकका रुपमा उभिन सरकारलाई सुझाव दिएका छन्। 

उनले कोभिड–१९ को परीक्षण र संक्रमित नागरिकले उपचार समेत आफ्नै खर्चमा गर्नुपर्ने निर्णय सच्याउन पनि माग गरेका छन् । “आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्नु नागरिकको संवैधानिक एवं कानूनी हक हो । सरकारले बिना शर्त यसको कार्यान्वयन गर्नुपर्छ” विज्ञप्तिमा भनिएको छ । 

उनले कोरोना संक्रमणबाट ज्यान गुमाएका सबैको आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेका छन् । साथै सक्रिय संक्रमितको शीघ्र स्वास्थलाभको कामनासमेत गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ