arrow

कमिसन माग्दै चिनियाँ एजेन्टले भन्सारमै रोके २० अर्बको सामान

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ कार्तिक ६ बिहिबार
rasuwagadhi-Naka.jpg.jpeg

काठमाडौं। करिब ६ महिनाभन्दा लामो समयदेखि नेपालसँग जोडिएको चिनियाँ नाकामा २ हजारभन्दा बढी नेपाली कन्टेनरहरु रोकिएका छन् । कोरोना भाइरसको महामारीका कारण रोकिएका उक्त कन्टेनरहरु अहिले नेपाल पठाउन चिनियाँ एजेन्टहरुले ठूलो रकम माग गरिरहेका छन् । 

नेपाली व्यापारीहरुले आयात गर्न खोजेको करिब २० अर्ब मुल्य बराबरको समान रहेका ती कन्टेनरहरु चिनियाँ सीमाबाट एजेन्टहरुले नेपाल पठाउँन नदिँदा नेपाली व्यापारीहरुले ठूलो घाटा व्यहोर्नु परेको छ । एक महिना भन्दा बढी समयदेखि भन्सारबाट सामान छुटाउन नसकेका व्यवसायी कैलाश शर्माले भने, 'कन्टेनरमा भएका फलफुल र अन्य खाद्य पर्दाथहरु कुहिइसकेका छन्, भने दशैंका लागि मगाइएका करोडौं मूल्यका कपडा समयमै नेपाल नपुग्दा व्यापारीहरुलाई ठूलो घाटा भएको छ ।' उनले तत्काल सरकारलाई यो भन्सारको समस्या सुल्झाउन माग गरेका छन् । 

चिनियाँ भन्सार कार्यालयका २५ एजेन्टहरुले अहिले प्रति कन्टेनर करिब ९ लाख रुपैयाँ माग गरेका छन् । यसरी २ हजार कन्टेनरको प्रति कन्टेनर ९ लाखका दरले नेपाली व्यापारीहरुले दिन सक्ने अवस्थामा छैनन् । कोरोना भाइरसको महामारीका कारण चीनले नेपासँगको मुख्य व्यापारीक नाका, तातोपानी र रसुवागढीबाट सामानसमेत आयात निर्यातमा प्रतिबन्ध लगाएको थियो । पछि सेप्टेम्बर २५ बाट दैनिक ५ कन्टेनर रसुवागढी नाकाबाट छिर्न दिएको थियो, भने तातोपानी नाका अक्टोबर ६ बाट मात्रै खुला गरिएको थियो ।

दैनिक ५ कन्टेनर मात्रै आवतजावत गर्न दिंदा धेरै समय लाग्ने भन्दै दुवै देशहरुले दैनिक १० कन्टेनर आवातजावत गर्न सक्ने निर्णय गरेको थियो । तर, अहिले चिनियाँ भन्सार एजेण्टहरुले नेपाली व्यापारीहरुलाई अर्बाैंको घाटा लगाउन खोजेका छन् ।
कोरोना भाइरसको महामारीका कारण संक्रमण फैलिन नदिनका लागि चिनियाँ ड्राइभरले नेपाली सीमासम्म पुर्याउने र त्यहाँबाट नेपाली ड्राइभरले उक्त कन्टेनरलाई गन्तव्यमा पुर्याउने गरि काम हुँदै आएको थियो ।

अहिले केरुङ नाकामा मात्रै करिब १८ सयदेखि २ हजार नेपालका लागि सामान बोकेका कन्टेनरहरु रहेका छन् । ती कन्टेनरहरुलाई चिनियाँ भन्सारले सजिलै नेपाल पठाउँला भनेर सोचेका नेपाली व्यापारीहरुलाई भन्सारकै एजेन्टहरुले ठूलो रकम माग गरेपछि नेपाली व्यवसायीहरुलाई अर्बाैं रुपैयाँ घाटा हुने भएको हो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ