arrow

तलेजुमा बलिरहित पूजा, लगिएन दशैँघर

logo
प्रकाशित २०७७ कार्तिक ७ शुक्रबार
taleju-mandir.jpg

भक्तपुर । यहाँस्थित तलेजु मन्दिरमा शुक्रबार बलिरहित पूजा सम्पन्न गरिएको छ । हरेक वर्ष बडादशैँको. फूलपातीको दिन तलेजुमा ५४ बोका, ३२ राँगो र ३२ हाँस बलि दिने गरिए पनि यस वर्ष भने बलि नदिई पूजा गरिएको मूल नाइके नरेन्द्रप्रसाद जोशीले जानकारी दिए । 

तलेजुमा राजोपाध्याय, जोशी र कर्माचार्य पुजारीले नरिवल र हाँसको अण्डा चढाएर पूजा गरेको उनले जानकारी दिए । गुठी संस्थानका खर्चमा हुने वर्षौँदेखि चल्दै आएको बलि दिने परम्परा यस वर्ष कोरोना भाइरस सङ्क्रमणका कारण रोकिएको हो । 
    
तलेजुलाई मूल चोकको दशैँघरमा विराजमान गराउने वर्षौँदेखिको परम्परासमेत रोकिएको छ । यस वर्ष तलेजुलाई मूल घरबाट बडादशैँ घर नलगिएको मूल नाइके जोशीले जानकारी दिए । 

त्यसैगरी यस वर्ष कुमारीलाई काठमाण्डौंस्थित कुमारीघरमै राखिएको छ । कुमारीलाई फूलपातीको दिनदेखि तलेजुमा राख्ने परम्परा भए पनि यस वर्ष भने  ल्याइएको छैन । यस वर्ष कुमारी जीविका बज्राचार्यलाई क्वाठण्डौँमा नै राखेर पूजा गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ