arrow

उपत्यकामा सत्ताइस सय बीस संक्रमित थप, अठारले गुमाए ज्यान

logo
प्रकाशित २०७७ कार्तिक ७ शुक्रबार
corona-nepal-ministry.JPG

काठमाडौं ।  पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्र सत्ताइस सय बीस संक्रमित थपिएका छन् । तीमध्ये काठमाडौँका दुई हजार ३ सय ५७, ललितपुरका २ सय ३६ र भक्तपुरका १ सय २७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शुक्रबार वेबसाइट र सामाजिक सञ्जालमा राखेको विवरणमा जनाइएको छ ।

 पछिल्लो २४ घण्टामा थप चवालिस सय उनान्सय जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।  देशभर कुल संक्रमितको सङ्ख्या एक लाख ५३ हजार आठ पुगेको छ । 

साथै १८ जनाको कोभिडबाट मृत्यु भएको छ । हालसम्म कोरोना पुष्टि भएर मृत्यु हुनेको संख्या ८ सय २९ जना पुगेको छ ।  

सो अवधिमा देशभरका प्रयोगशालामा १६ हजार ८६३ नमूना परीक्षण गर्दा एक हजार ६९० महिला र दुई हजार ८०९ पुरुषमा संक्रमण पुष्टि भएको हो । शुक्रबारसम्म ४६ हजार ६९१ सक्रिय संक्रमित छन् । सक्रियमध्ये ३१ हजार ७२७ जना ‘होम आइसोलेशन’मा तथा २९० जनाको सघन उपचार कक्ष र ६९ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । यसैगरी हालसम्म एक लाख पाँच हजार ४८८ जना संक्रमणमुक्त भएका छन् ।  

अन्य जिल्लाबाट पछिल्लो २४ घण्टामा थपिएका संक्रमितमा मोरङका २२३, काभ्रेपलाञ्चोकका १६१, रुपन्देहीका १५२, चितवनका १४९, सुनसरीका १३८, दाङका ९२, बाँकेका ७९, झापाका ७४, कैलालीका ५३, मकवानपुरका ७१, सप्तरीका ४१, नवलपरासीका ४०, सिन्धुली र नवलपरासी(बर्दघाट सुस्तापूर्व)का २८-२८, उदयपपुरका २७, दोलखाका २२, सिन्धुपाल्चोकका २१, रामेछापका २०, धादिङ र कपिलवस्तुका १६-१६ तथा धनुषा, रौतहट, सिरहा र गुल्मीका १४-१४ छन् ।

 यसैगरी बर्दियाका १३, बागलुङका १२, गोरखा र तनहुँका ११-११, पर्सा, सर्लाही, पाल्पा र डडेलधुराका १०-१०, म्याग्दीका आठ, ताप्लेजुङ, बारा र महोत्तरीका सातसात, लमजुङ, कञ्चनपुर र डोटीका छ छ, खोटाङ, प्युठान, दैलेख, सुर्खेत र दार्चुलाका पाँचपाँच, अर्घाखाँची, रुकुम(पश्चिम) र अछामका चारचार, सङ्खुवासभा, स्याङ्जा र जुम्लाका तीनतीन, ओखलढुङ्गा, रुकुम(पूर्व) र बैतडीका दुईदुई तथा धनकुटा, पर्वत, रोल्पा, कालीकोट, जाजरकोट, मुगु, सल्यान, हुम्ला र बझाङका एकएक जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ ।

 यसैगरी प्रदेशगत रुपमा प्रदेश नं १ मा ४८०, प्रदेश नं ११७, वाग्मतीमा तीन हजार २२५, गण्डकीमा १४०, लुम्बिनीमा ४२८, कर्णालीमा २२ र सुदूरपश्चिममा ८७ जना कोरोना संक्रमित थपिएको जनाइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ