arrow

नेपालमा अट्ठाइस सय छप्पन्न जना संक्रमित थप, पाँचको निधन

logo
प्रकाशित २०७७ कार्तिक ९ आइतबार
covid-test-positive-corona.jpg

काठमाडौँ । पछिल्लो २४ घण्टामा अट्ठाइस सय छप्पन्न जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बाह्र हजार ३११ नमूना परीक्षण गर्दा एक हजार ७८९ पुरुष र एक हजार ६७ महिलामा संक्रमण पुष्टि भएको हो ।
 
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार काठमाडौँ उपत्यकामा ९०६ पुरुष र ६२९ महिला गरी एक हजार ५३५ संक्रमित थपिएका छन् । यससँगै नेपालमा कोरोना संक्रमितको सङ्ख्या एक लाख ५८ हजार ८० पुगेको छ । प्रदेश नं १ मा ५३९, प्रदेश नं २ मा ५९, वाग्मतीमा एक हजार ८४९, गण्डकीमा १७८, लुम्बिनीमा १४६, कर्णालीमा नौ र सुदूपश्चिम प्रदेशमा ७६ जनामा संक्रमण पुष्टि भएको छ ।
 
पैँतालीस हजार ५७२ सक्रिय संक्रमित आइसोलेशनमा रहेको मन्त्रालयले जनाएको छ । संक्रमितमध्ये २७७ को सघन उपचार कक्ष र ६६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । बितेको २४ घण्टामा तीन हजार ३३६ कोरोनामुक्त भएका छन् । हालसम्म कोरोनामुक्त हुनेको सङ्ख्या एक लाख ११ हजार ६७० पुगेको छ जुन कुल संक्रमितको ७०.६ प्रतिशत हो ।
 
झापा, मोरङ, सुनसरी, काठमाडौँ, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, कास्की, नवलपरासी –बर्दघाट सुस्तापूर्व),  दाङ, रुपन्देही, बाँके, सुर्खेत र कैलालीमा ५०० भन्दा बढी सक्रिय संक्रमित छन् भने मुस्ताङमा छैनन् ।

 पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट पाँच जनाले ज्यान गुमाएका छन् । नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ८४७ पुगेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ