arrow

देशमा नयाँ संक्रमित संख्या १ हजार ९ सय, काठमाडौं उपत्यकामा ८ सय ४३ र ११को मृत्यु

logo
प्रकाशित २०७७ कार्तिक १२ बुधबार
pcr-test-corona-nepal.jpg

काठमाडौं। विगत २४ घण्टामा देशभित्र १ हजार ९ सय ५४ जना नयाँ कोरोना संक्रमित थपिएका छन्। कुल ८ हजार २ सय ४८ जनामा गरिएको पिसिआर परिक्षणमा उक्त संख्यामा नयाँ संक्रमित थपिएका हुन्।

पछिल्लो २४ घण्टामा ठीक भएर अस्पतालबाट फिर्ता भएकाको संख्या २ हजार ९ सय ८२ रहेको छ भने ११ जनाको मृत्यु भएको छ।

काठमाडौं ऊपत्यकामा कुल ८ सय ४३ जना नयाँ संक्रमित थपिएका छन्। काठमाडौंमा ६ सय ६९ , ललितपुरमा १ सय १८ र भकतपुरमा २९ जना रहेका छन्।

नेपालमा कुल कोरोना संक्रमितको संख्या १ लाख ६२ हजार ३ सय ५४ पुगेको छ। देशमा सकृय संक्रमितको संख्या ३९ हजार ६ सय ४३ रहेको छ। त्यसैगरि अहिलेसम्म ८ सय ८३को कोरोनाका कारण मृत्यु भैसकेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ