arrow

ओझालाई तत्काल रिहा गर्न नेविसंघको माग

logo
प्रकाशित २०७७ कार्तिक १३ बिहिबार
ojha.PNG

काठमाडौं । कैलालीबाट पक्राउ गरिएका शंकरदेव क्याम्पसका नेता दिपक ओझालाई तत्काल रिहा गर्न नेपाल विद्यार्थी संघ (नेविसंघ) ले माग गरेको छ । बिहिबार एक विज्ञप्ति जारी गर्दै नेता दिपक ओझालाई बुधबार बिनाकारण अत्तरिया,कैलाली बाट गिरफ्तार गरिएको घटना प्रति नेविसंघले खेद व्यक्त गरेको छ ।


'बिनाकसुर सत्ता र शक्तिको आडमा प्रहरी प्रशासन मार्फत नेबिसंघका नेता हरुलाई धरपकड,पक्राउ र यातना दिइनु  नेकपा सरकारको अत्यन्त अमानवीय र निन्दनीय रबैया भएको  हो। राजनैतिक प्रतिशोधका आधारमा संघका नेता हरुलाई पक्राउ गर्ने, झुट्टा मुद्दा लगाउने र विद्यार्थी आन्दोलन लाई कमजोर बनाउने सरकारको एक पछि अर्को गतिविधिले सरकार पंचायत कालिन मानसिकताका साथ अघि वढेको प्रष्ट हुन्छ। यस्ता गतिविधिको हामी घोर निन्दा र भत्सर्ना गर्दछौं' अध्यक्ष राजिव ढुंगानाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

'दशैं अवधि भर विभिन्न स्थानवाट नेविसंघका नेता, कार्यकर्ता हरुलाई धरपकड गर्ने, झुठा मुद्दा लगाउने तथा यातना समेत दिइएका घटनाहरु सार्वजनिक भएका छन । सरकारको तावेदारी गर्न प्रतिपक्षि विद्यार्थी संगठनका नेता कार्यकर्ताहरु लाई विना कारण पक्रिने, झुठा मुद्दा लगाउने तथा हिरासत भित्रै यातना दिने कार्यमा संलग्न प्रहरी प्रशासनका अधिकारी हरुलाई तेसो नगर्न चेतावनी दिन चाहन्छौं। हिरासत भित्र यातना दिने र मानव अधिकारको उल्लंघन गर्ने कार्यमा संलग्न हुने हरुलाई कानुनको कठघरामा उभ्याइने छ।'

'राजनैतिक प्रतिशोधको आधारमा बिनाकसुर नेविसंघका नेताहरूलाई श्रृंखलाबद्ध रूपमामा पक्राऊ गरि झुट्टा मुद्दा लगाउने सरकारी अहंकारले हामीलाई गम्भीर बनाएको छ। इतिहास साक्षि छ अन्यायको विरूद्धमा लड्ने र अन्याय नसहने हाम्रो मौलिक चरित्र हो। यसको परिणाम यो भ्रष्ट सरकारले बेहोर्छ' महामन्त्री  दीपक भटृराईले भने।

नेता दिपक ओझालाई  तत्काल रिहा नगरे कडा संघर्षमा उत्रने नेविसंघले चेतावनी दिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ