arrow

प्रचण्डलाई साइजमा ल्याउन ओलीको जोडघटाउ, माधव नेपाललाई फकाउने खेल शुरु

नेपाललाई आगामी महाधिवेशनमा अध्यक्षमा सहयोग गर्ने प्रस्ताव

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ कार्तिक १३ बिहिबार
oli-madhav.jpg.jpeg

काठमाडौं । प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधव नेपाललाई फकाउन भावी नेतृत्वको लागि प्रस्ताव गरेका छन् । प्रधानमन्त्री ओलीले वरिष्ठ नेता नेपाललाई वालुवाटार बोलाएर सो प्रस्ताव गरेको स्रोतको दावी छ । कर्णाली प्रदेशमा नेपाल समूहले पुष्पकमल दाहालसमूहसँग मिलेर परिणाम दिएसँगै ओलीले दाहालसँगको सम्बन्ध तोड्नका लागि नेपाललाई फकाएर पार्टीको भावी नेतृत्व लिन प्रस्ताव गरेका हुन् ।

कर्णाली प्रदेशको विवाद उत्कर्षमा पुगेका बेला कार्यकारी अध्यक्ष दाहालसँग खटपट परेपछि ओलीले नेपाललाई बोलाएर भावी नेतृत्व लिएर पार्टी हाँक्न प्रस्ताव गरेको वालुवाटार निकट स्रोतले जनाएको छ । ‘प्रधानमन्त्री ओलीले नेपालसँग केही समय छलफल गर्नुभएको हो उहाँहरुबीच कोरोना तथा पार्टीको विवादबारे सामान्य छलफल भयो त्यो भन्दा पनि पारिवारिक कुराकानी बढी भयो’, वालुवाटार निकट स्रोतले भन्यो । प्रधानमन्त्री ओलीले वरिष्ठ नेता नेपालसँग मंगलबार दिउँसो भेटघाट गरेका थिए । गत कार्तिक ४ गते पनि प्रधानमन्त्री ओलीले वरिष्ठ नेता नेपालसँग बालुवाटारमा एक्लै छलफल गरेका थिए ।

त्यसअघि दुई नेताबीच साउन ९ गते मात्रै एक्लाएक्लै कुराकानी भएको भएपनि खासै उपलब्धीमुलक नभएको नेपाल पक्षले जनाएको थियो । भेटका अवसरमा नेपालले दुई पार्टीको एकीकरण भएकाले एउटा पक्षलाई बाहिर राखेर पार्टी सञ्चालन गर्नुको कुनै अर्थ नभएको बताएका थिए । नेपाल निकट स्रोतका अनुसार दुई नेताहरुको भेटमा प्रधानमन्त्री ओलीले आफूसँग सहकार्यका लागि नेपाललाई प्रस्ताव गरेका थिए । नेपालले सो विषयमा कुनै प्रतिक्रिया नदिएको तर पार्टी एकतामा जोड दिएका थिए ।

कर्णाली प्रदेशमा देखिएको विवाद र पर्सामा भएको पार्टी एकताको शपथ ग्रहणका बेला भएको हत्यापछि कार्यकारी अध्यक्ष दाहालसँग ओलीको सम्बन्ध विग्रिएको छ । कार्तिक ३ पछि दुई अध्यक्षबीच भौतिक रुपमा भेटघाट भएको छैन भने दुवै अध्यक्षले दशैंको शुभकामना पनि आदान प्रदान नगरेको स्रोतको दावी छ । उनीहरुबीचको संवाद खुलाउन तीन नेताहरु महासचिव विष्णु पौडेल, संसदीय दलका उपनेता सुवास नेम्वाङ र लुम्बिनी प्रदेशका मूख्यमन्त्री शंकर पोखरेल लागिरहेका छन् । पौडेल र नेम्वाङले बुधबार र पोखरेलले विहिबार खुमलटार पुगेर दाहालसँग कुराकानी गरेका थिए । उनीहरुले पार्टी एकतालाई अझ बलियो बनाउनु पर्ने र दुई अध्यक्षबीच संवाद जारी राखेर पार्टी र सरकारको कामलाई प्रभावकारी बनाउन आग्रह गरेको स्रोतको दावी छ ।

तर यसअघी पार्टी विवाद मिलाउने नाममा आफूलाई किनारामा पार्न प्रचण्डलाई साथ लिएर अघी बढेका ओलीले अहिले आफूलाई साथ लिएर प्रचण्डलाई साइजमा राख्न गरेको प्रयास माधव नेपाल पनि राम्री जान्ने नेपाल निकट एक नेताले बताए । सम्भवत प्रधानमन्त्रीको उपयोगितावादबाट जानकार नेपालले सोचेरै कदम चाल्नुहुने अपेक्षा कार्यकर्ता तहमा रहेको उनले बताए।    



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ