arrow

चीनको झिनजियांगका शिविरको अवस्थाबारे सिएनएनको रिपोर्टले गर्‍यो उजागर

logo
एजेन्सी,
प्रकाशित २०७७ कार्तिक १३ बिहिबार
china-flag.png

काठमाडौं। सीएनएनका इन्टरनेशल रिपोर्टर आइभान वाटसनले सार्वजनिक गरेको एक रिपोर्टले चीनको झिनजियांगमा रहेका यातना शिविरहरुको पर्दाफास गरेको छ। चीनले झिनजियांगमा लाखौं उइगुर समुदायका मुस्लिमहरुलाई यातना शिविरमा लगेर धर्म परिवर्तन, संस्कृति परिवर्तनजस्त जबरजस्ती गतिविधिहरु गराउँदै यातना दिने गरेको रिपोर्टमा छ।

यद्यपी चीनले यसलाई अस्विकार गरेको छ, तर ती शिविरहरुमा कुनै मानवअधिकारवादी संस्थाहरु, पत्रकार एवं कसैलाई पनि प्रवेश गर्न दिन्न । त्यहाँबाट छुटेकाहरुले चीनमा अल्पसंख्यकरुपमा रहेका उइगुरमाथि भइरहेको दमन एवं अत्याचारका विषयमा बताउने गरेका छन्। यसबीच सीएनएनका वाटसन सो क्षेत्रमा पुगेका हुन् । उनले त्यहाँ लामो दारी पालेका कारण, विदेश नगइ पासपोर्ट बनाएका कारण, बढी सन्तान जन्माएका कारण र विदेशमा फोन गरेका कारण उइगुर मुस्लिमहरुलाई पक्राउ गरेर ती शिविरमा लैजाने गरेको पाएका छन् ।

यसरी यातना शिविर लगिएका व्यक्तिका परिवारहरुलाई वाटसनले भेटेका छन् । टर्कीमा बस्ने एक उइगुर समुदायकी महिलाकी बहिनीलाई समेत सन् २०१८ मा १ सन्तान बढी जन्माएको भन्दै उक्त शिविर लगिएको र अहिले २ वर्षसम्म कुनै अत्तोपत्तो नभएको ती महिलाले बताएकी छन् । अर्थात बढी सन्तान जन्माएको आरोपमा पक्राउ परेकी पाटम मामात्होमी २ वर्षसम्म त्यहाँबाट छुटेकी छैनन् र उनको अवस्था के छ भन्नेबारे उनकी दिदी रोजिन्सा मामात्होमीलाई कुनै जानकारी छैन् ।

यसरी नै वेपत्ता पारिएका व्यक्तिका परिवारसँग वाटसनले भेटेका छन् र वेपत्ता पारिएकाहरुको कुनै अत्तोपत्तो छैन् । यस विषयमा वाटसन चिनियाँ विदेशमन्त्रालय पनि पुगेका थिए, तर त्यहाँबाट यो कुरा झुट हो भन्दै उनले कुनै प्रतिकृया पाएनन् । ती शिविरहरुमा प्रवेश गर्न खोज्दा समेत चिनियाँ सशस्त्र बलले पत्रकार वाटसनको टिमलाई रोकेको थियो र सो क्षेत्रमा प्रवेश गर्न दिएको थिएन । वाटसनले करिब ३ सय परिवारका सदस्यहरु चिनियाँ यातना शिविरमा लगिएको पाएका छन् । 

विभिन्न स्रोतबाट फेला पारेका तथ्यांकहरुबाट झिजियांगमा रहेका उइगुर समुदायका मुस्लिमहरुलाई चिनियाँ अधिकारीहरुले दारी पालेका कारण, विदेश नगइ पासपोर्ट बनाएका कारण, बढी सन्तान बनाएका कारण र विदेशी फोन कल गरेकै कारणमा पक्राउ गर्ने र यातना शिविरमा लैजाने खुल्न आएको छ। यसबाट चीनले लाखौं उइगुरहरुलाई यातना शिविरमा लगेर यातना दिने, धर्म परिवर्तन गराउँने जस्ता कार्यहरु गराइरहेको कुराको पुष्टि हुने सिएनएनको रिपोर्टले देखाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ