arrow

उपत्यकामा अठार सय अठासी संक्रमित थप, सोह्रको मृत्यु

logo
प्रकाशित २०७७ कार्तिक १४ शुक्रबार
ministry-covid-corona-press-meet.jpg

काठमाडौँ ।  पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा अठार सय अठासी जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार काठमाडौँमा पन्ध्र सय आठ, ललितपुरमा दुई सय उनन्चास  र भक्तपुरमा एक सय एकतीस जनामा संक्रमण पुष्टि भएको छ । 

हालसम्म काठमाडौं जिल्लामा कुल संक्रमितको सङ्ख्या ६० हजार ७४२ पुगेको छ । तीमध्ये ४४ हजार २८८ जना निको भएका छन् भने २१२ जनाको मृत्यु भएको छ । त्यसैगरी ललितपुरमा कुल संक्रमितको सङ्ख्या आठ हजार ५९९  रहेकामा  ६ हजार १९६ जना निको भएका छन् र ५८ जनाको मृत्यु भएको छ । 

भक्तपुरमा पाँच हजार ६५० जना संक्रमित भएकामा चार हजार ४२२ जना निको भएका छन् र ६३ जनाको मृत्यु भएको छ । 

देशभर पछिल्लो २४ घण्टामा थप तीन हजार ५१७ जनामा कोभिड –१९ को संक्रमण पुष्टि भएको छ । 

पछिल्लो समय १४ हजार ९८९ जनाको  स्वास्थ्य परीक्षण गर्दा  दुई हजार १५६ पुरुष र एक हजार ३६१ महिलामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यसँगै नेपालमा कोरोना भाइरस संक्रमितको सङ्ख्या एक लाख ६८ हजार २३५ पुगेको छ । 

हाल देशभर सक्रिय संक्रमित ३८ हजार ३५७ जना रहेका छन्, जुन संक्रमितमध्ये २२.८ प्रतिशत हो । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा निको हुनेको सङ्ख्या चार हजार ९६  छ । यससँगै  निको हुनेको सङ्ख्या एक लाख २८ हजार ९५८ पुगेको छ । हाल देशभर दुई हजार ६६६ जना क्वारेन्टिनमा छन् ।  

 हालसम्म देशभर कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ९२० पुगेको छ ।   पछिल्लो २४ घण्टामा थप १६ जनाले ज्यान  गुमाएको मन्त्रालयले जनाएको छ ।
 
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ