arrow

नेविसंघ नेता ओझाको रिहाइ तथा सरकारको अत्याचारविरुद्ध प्रदर्शन

स्वास्थ्य मापदण्डमा अनिवार्यता

logo
प्रकाशित २०७७ कार्तिक १६ आइतबार
122905827_671457150159542_8.jpg

काठमाडौं । नेपाल विद्यार्थी संघ नेविसंघका नेता दिपक ओझालाई रिहाईको माग गर्दै नेविसंघले विरोध प्रदर्शनलाई निरन्तरता दिएको छ । आफ्ना नेतालाई राज्यले नभएका दोष लगाएर पक्राउ गरेको भन्दै तत्काल रिहाइको माग गर्दै नेविसंघ आन्दोलित भएको हो । 

आइतबार नेविसंघको केन्द्रले दिउँसो २ बजे राजधानीको प्रदर्शनीमार्गमा विरोध प्रदर्शन गर्ने जनाएको छ । 

केन्द्रीय समितिले नेविसंघका नेताहरुमाथिको षडयन्त्रपूर्वक धरपकड, ज्यादति, यातना र झुटा मुद्धा लगायत भ्रष्ट सरकारको कोरोना पीडित जनताप्रति उदासिनताविरुद्ध विरोध गर्न लागेको महामन्त्री बलदेव तिमल्सिनाले जानकारी दिए । 

यसअघि देशका विभिन्न स्थानमा विरोध र्याली निकालेको थियो । त्यस्तै नेविसंघले साँझ विभिन्न ठाउँमा मशाल जुलुससमेत निकालेको थियो । 

ओझालाई प्रहरीले बुधबार अत्तरियाबाट नियन्त्रणमा लिएको थियो । त्रिवि समाजशास्त्रका उपप्राध्यापक प्रेम चलाउनेमाथि आक्रमण गरी घाइते बनाएको घटनामा ओझा योजनाकार भएको भन्दै प्रहरीले उनलाई नियन्त्रणमा लिएको जनाएको छ । 

पक्राउ परेका ओझालाई बिहीबार नै काठमाडौं ल्याइएको थियो । उपप्राध्यापक चलाउनेमाथि गत असोज २० मा त्रिवि परिसरभित्रै कुटपिट भएको थियो ।

स्वास्थ्य मापदण्डमा अनिवार्यता
नेविसंघले विरोध प्रदर्शनमा सहभागतिा जनाउनका लागि अनिवार्य रुपले स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह गरिएको छ । 

जसमा मास्कको अनिवार्य प्रयोग, कमसेकम २ मिटर वा ६ फिटको सुरक्षित दूरी कायम, हातमा सेनेटाइजरको प्रयोग गर्न आग्रह गरिएको छ । 

त्यस्तै प्रदर्शनलाई सुरक्षित, मर्यादित, संयमित र ब्यबस्थित बनाउन सबैलाई ध्यान पुर्याउन आग्रह गरिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ