arrow

'सरकार अपराधीलाई संरक्षण गर्न र नेविसंघलाई झुटा मुद्दा लगाउन उद्दत'

logo
प्रकाशित २०७७ कार्तिक १६ आइतबार
nsu-biorod.jpg

काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले काठमाडौंमा विरोध प्रदर्शन गरेको छ।  षडयन्त्रपूर्वक नेताहरुमाथि धरपकड गरेको, यातना दिने र झठा मुद्दा लगाउने काम सरकारले गरेको भन्दै नेविसंघले प्रदर्शन गरेको हो । 

'सरकार पूर्ण रुपका भ्रष्टाचारको दलदलमा फसेको छ । भ्रष्टाचार नियन्त्रण गर्नुको सट्टा भ्रष्टाचारी र अपराधीलाई संरक्षण गर्ने काम गरेको छ ।  यसको उदाहरण बलाबाटार काण्डका नायिके बिष्णु पौडेललाई अर्थमन्त्री  बनाउनु हो । सरकार कोरोना नियन्त्रणमा असफल भएको छ । हिजो सयम हुदाँ न पुर्व तयारी गरे आज बास्तविक महामारी सुरु भइसकेको छ । आज हस्पिटलमा बेड छैन । खाली आइसीयू र भेन्टिलेटर छैन ।  एम्बुलेन्स नै मान्छेले नपाएको समय सरकार संक्रमितको उपचार गर्दिन भन्दैछ । यदि आफ्नै नागरिकको उपचार गर्न सक्दैन भने यो भन्दा लज्जास्पद अरु के हुन सक्छ ?',  महामन्त्री दिपक भट्टराईले भने ।

नेविसंघका नेता दिपक ओझालाई रिहाईको माग गर्दै नेविसंघले विरोध प्रदर्शनलाई निरन्तरता दिएको हो । आफ्ना नेतालाई राज्यले नभएका दोष लगाएर पक्राउ गरेको भन्दै तत्काल रिहाइको माग गर्दै नेविसंघ आन्दोलित भएको हो । 

महामन्त्री भट्टराईले भने,' आझ हामी पनि अपराधीलाई कार्बाहीको माग गर्दैछौ । भ्रष्टाचारीलाई कार्बाही गर भन्दैछौ । निर्मला पन्तको हत्यारालाई कारबाही, रुकुम हत्यका हत्यारा, बालबाटार जग्गा प्रकरणका दोषिलाई कारबाही, मुकेश चौरेसीयामन हत्यारालाई कारबाही गर भन्दैछौ ।  सरकार अपराधीलाई संरक्षण गर्न र नेविसंघलाई झुटा मुद्दा लगाउन उद्दत छ ।' 

केन्द्रीय समितिले नेविसंघका नेताहरुमाथिको षडयन्त्रपूर्वक धरपकड, ज्यादति, यातना र झुटा मुद्धा लगायत भ्रष्ट सरकारको कोरोना पीडित जनताप्रति उदासिनताविरुद्ध विरोध गरेको महामन्त्री बलदेव तिमल्सिनाले जानकारी दिए । 

कार्यक्रम नेविसंघका उपाध्यक्ष मुक्ति पौडेलको संयोजकत्वमा भएको थियो भने महामन्त्रीहरु बलदेव तिमलसिना, दिपक भट्टराई, युवराज पाण्डे तथा मनोज वैधले आफ्ना कुरा राखेका थिए । 

नेविसंघका कार्यकर्ताहरुले ‘अधिनायकवादको सरदार केपी ओलीको सरकार, जनस्वास्थ्यमा खेलवाड गर्न पाइँदैन भ्रष्ट सरकार चाहिँदैन’ जस्ता प्लेकार्ड बोकेका थिए ।  दिउँसो २ बजे राजधानीको प्रदर्शनीमार्गमा विरोध प्रदर्शन गरिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ