arrow

मातृशिशु मितेरी हस्पिटलमा प्रभु बैंकको एक्स्टेन्सन काउण्टर सञ्चालन

logo
प्रकाशित २०७७ कार्तिक १७ सोमबार
prabhu-miteri-hospital.jpg

कास्की। पोखरा महानगरपालिकाको बाटुलेचौरस्थित मातृशिशु मितेरी हस्पिटलमा प्रभु बैंकले कार्तिक १७ गतेदेखि आफ्नो एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ। मातृशिशु मितेरी हस्पिटल परिसरमा सोमबार बिहान दस बजे गण्डकी प्रदेशका सांसद कृष्ण बहादुर थापाले प्रभु बैंक मातृशिशु मितेरी हस्पिटल एक्स्टेन्सन काउण्टरको उद्घाटन गरेका थिए।

मातृशिशु मितेरी हस्पिटलमा सञ्चालित प्रभु बैंकको एक्स्टेन्सन काउण्टरबाट विहान ८ बजेदेखि साँझ ७ बजेसम्म उपचार तथा स्वास्थ्य सम्बन्धी कार्यको सिलसिलामा मातृशिशु मितेरी हस्पिटलमा आउने सम्पुर्ण सेवाग्राहीहरुलाई बैंकिङ्ग सेवा उपलब्ध हुने कम्पनीले जनाएको छ। उपचारको सिलसिलामा मातृशिशु मितेरी हस्पिटलमा आउने सेवाग्राहीहरुले बुझाउनु पर्ने जुनसुकै रकम विना झण्झट सरल एवं सहज रुपमा प्रभु बैंकको एक्स्टेन्सन काउण्टरमा जम्मा गर्न पाउने छन्।

यस एक्स्टेन्सन काउण्टर सञ्चालन पश्चात् मातृशिशु हस्पिटलको आर्थिक क्रियाकलाप बैंकिङ्ग प्रणाली मार्फत हुने भई प्रशासनिक सहजता प्राप्त हुनेछ भन्ने बैंकले विश्वास लिएको छ।

साथै, समाजसेवी भावनाले सामाजिक क्रियाकलापहरुलाई निरन्तरता दिएको यस बैंकले स्वास्थ्य क्षेत्रसँग सम्बन्धित सेवाग्राहीहरुको सेवामा समेत उल्लेख्य योगदान पुर्‍याउने कम्पनीको विज्ञप्तिमा उल्लेख छ।

प्रभु बैंकले २१० वटा शाखा कार्यालय, १९५ एटिएम, ५६ वटा एक्स्टेन्सन काउण्टर तथा १७ वटा शाखा रहित बैंकिङ्ग सेवा मार्फत अत्याधुनिक प्रविधियुक्त गुणस्तरीय बैंकिङ्ग सेवा प्रवाह गरिरहेको छ।                   



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ