arrow

ओली सरकारले संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल नलेख्ने भनी गरेको निर्णयप्रति नेविसंघको गम्भीर आपत्ति

logo
प्रकाशित २०७७ कार्तिक १८ मंगलबार
nebisangh-sanghiya-ganatant.jpg

काठमाडौं । केपी शर्मा ओली नेतृत्वको सरकारले संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल नलेख्ने भनी गरेको निर्णयप्रति नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

गत असोज ११ गते बसेको मन्त्रिपरिषद बैठकको निर्णय अनुसार भन्दै मातहतका निकायमा ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ नलेख्न र त्यसको स्थानमा ‘नेपाल’ मात्रै लेख्न कानून, न्याय तथा संसदीय मन्त्रालयले मातहत कार्यालयलाई गरेको परिपत्र संविधानको मर्म र भावना विपरीत रहेको नेविसंघको ठहर छ ।

‘परिवर्तनका लागि जीवन बलिदान गरेका शहीद तथा जीवनको उत्सर्ग गर्न तत्पर योद्दाहरुको अपमान र गणतन्त्रको मर्म विपरीत एकपछि अर्को निरन्तरको जनविरोधी र ब्यवस्था विपरीतको गतिविधि र निर्णयले वर्तमान सरकार जनताको बलिदानी र हाम्रो संघर्षबाट प्राप्त उपलब्धीको सम्बर्द्धन र संरक्षण गर्न भन्दा निश्तेज गराउने खेलमा उद्यत रहेको पुष्टी भएको छ’ नेविसंघले भनेको छ । 

नेविसंघका महामन्त्री बलदेव तिमल्सिनाले जारी गरेको प्रेस विज्ञप्तिमा ‘परिवर्तनसंग जोडिएका प्रमुख बिषयहरुमा समयमा नै गम्भीर बन्न र हाम्रा बलिदानी, त्याग, तपस्या र संघर्षका उपलब्धिहरुका बिषयमा खेलबाड नगरी तत्काल यस्ता त्रुटिपूर्ण निर्णय सच्याउन गम्भीर चेतावनी दिन चाहन्छु ।’ भनिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ