arrow

नेकपाको आन्तरिक विवादमा राष्ट्रपतिको फेरि इन्ट्री, बामदेवलाई मन्त्रणा

राष्ट्रपति नेकपाको राजनीतिक बिवादमा मिसिनु दुर्भाग्यपूर्णः अर्जुननरसिंह केसी

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ कार्तिक १८ मंगलबार
bidhya-bhandari-bamdev-gaut.jpg

काठमाडौं । सत्तारुढ दल नेकपा भित्रको आन्तरिक विवाद उत्कर्षमा पुगेका बेला राष्ट्रपति विद्यादेवी भण्डारीको फेरि इन्ट्री भएको छ। भण्डारीले नेकपाको विवादमा चासो मात्र व्यक्त गरेकी छैनन विवाद समाधानमा अग्रसरता समेत लिएकी छिन् । मंगलबार साँझ नेकपाका उपाध्यक्ष बामदेव गौतमलाई शिलत निवास बोलाएर राष्ट्रपति भण्डारीले पार्टीको विवाद मिलाउन आग्रह गरिन । एक वर्ष अघि जनताको बहुदलीय जनवाद (जबज)को नेतृत्व लिन आग्रह गरेकी राष्ट्रपति भण्डारीले मंगलबार साँझ उनै गौतमलाई बोलाएर विवाद समाधानका लागि अग्रसरता लिन आग्रह गरेकी हुन् । 

राष्ट्रपति भण्डारी पार्टी र राजनीति भन्दा बाहिर हुनुपर्ने भएपनि नेकपामा देखिने विवादमा भने उनी पटक पटक हस्तक्षेपकारी भूमिकामा देखिने गरेकी छिन् । यसपटक पनि नेकपा फुटन नदिनका लागि भूमिका खेलिदिन आग्रह गरेको नेकपाका नेता बलराम बाँस्कोटाले जानकारी दिए । ‘उहाँलाई साँझ ५ बजे बोलाईएको थियो, करिव एक घण्टा राष्ट्रपति भण्डारीसँग छलफल गरेर उहाँ फर्कनु भएको थियो हामीलाई जानकारी भए अनुसार विगतमा पनि पार्टीमा समस्या पर्दा तपाईले भूमिका खेल्नुभएको हो । यसपटक पनि विभाजन रोक्न भूमिका खेल्नुस भन्नुभएको रहेछ’, गौतम निकट नेता बाँस्कोटाले भने ।

बाँस्कोटाका अनुसार उपाध्यक्ष गौतमले विधि र पद्धतीसहित पार्टी बचाउन आफू लागिरहेको जवाफ दिएका थिए । ‘नीतिसम्मत, विधिसम्मत तरिकाले अघि बढेर पार्टीको विवाद मिल्छ, कुनै हालतमा पार्टी फुट्दैन भनेर उपाध्यक्ष गौतमले जवाफ दिनुभयो’, नेता बाँस्कोटाले गौतमको भनाई उदृत गर्दै भने । पार्टीमा संकट गहिरिएका बेला यसअघि पनि उपाध्यक्ष बामदेव गौतमले सहमतिका लागि भन्दै ६ बुँदे सहमतिको आधारपत्र प्रस्तुत गरेका थिए । नेकपाको तत्कालिन विवाद गौतमकै सहमतिका बुंदाको सेरोफेरोमा टुंगिएको थियो ।

नेकपाभित्र अन्तरकलह उत्कर्षमा पुगेका बेला राष्ट्रपति भण्डारीले प्रायः चासो दिने गरेकी छन् । उनको यो चासोलाई कतिपयले भने प्रधानमन्त्री केपी ओली अप्ठ्यारोमा परेका बेला बचाउन गरेको अनावश्यक हस्तक्षेपका रुपमा समेत लिने गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओली समूहका नेताहरुले कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीलाई हटाउन खोज्दा सत्तारुढ दलमा नयाँ विवाद उत्पन्न भई पार्टी विभाजनको संघारमा रहेको छ । कर्णाली प्रदेशको सो विवाद समाधान हुनुको भन्दा पनि पार्टी विभाजनतर्फ उन्मुख भएपछि राष्ट्रपति भण्डारीले समेत विवाद निरुपणमा अग्रसरता लिएकी हुन् ।

यद्यपी उनको यो सक्रियतालाई आम नागरिकले सहज रुपमा भने लिएका छैनन् । देशकै अभिभावक संस्था दल बिशेषको आन्तरिक राजनीतिमा होमिनु उचित नभएको तर्क आम नागरिकको छ । तर बामदेवसँगको मन्त्रणाले यसअघी झै यो पटक पनि राष्ट्रपति भण्डारीको आफ्नो पूर्व पार्टीप्रतिको आशक्ति फेरि झल्किएको छ । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले नेपालको संविधान धारा ६१ (३) र (४) ले राष्ट्रपति राष्ट्रिय एकताको प्रबर्धक,संविधानको संरक्षक र पालनकर्ता, समदर्शी, न्यायी र निष्पक्ष रहने परिकल्पना गरेको स्मरण गराउँदै तर यो पद पुरै र प्रत्यक्ष पार्टीकै नेताको हैसियतमा दलगत राजनीतिक विवादमा संलग्न हुनु दुर्भाग्यपूर्ण भएको बताएका छन् । राष्ट्रपति संस्थालाई कुनै दल विशेषको अभिभावक बन्न नमिल्ने मात्र होइन त्यो संस्थाको गरिमाको लागि पनि सुहाउने बिषय नभएको केसीले बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ