arrow

कांग्रेस नेता मन्सुरलाई कोरोना, हेलिकप्टरबाट काठमाडौँ पठाइयो

logo
प्रकाशित २०७७ कार्तिक १९ बुधबार
farmullaha-mansur.jpg

कलैया । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री फरमुल्लाह मन्सुरलाई कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय बाराले जनाएको छ ।

 मन्सुरलाई ज्वरो, खोकी लागेपछि  नारायणी उपक्षेत्रीय अस्पतालमा कोरोना परीक्षण गरिएकामा रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य कार्यालयका प्रमुख रामनरेश यादवले जानकारी दिए । 

उनलाई  हेलिकप्टरबाट काठमाडौँस्थित मेडिसेन्टरमा उपचारका लागि पठाइएको कांग्रेस बाराका कोषाध्यक्ष चन्द्रशेखर यादवले बताए । उनको उपचार  वीरगञ्जस्थित एडभान्स अस्पतालमा भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ