arrow

राजीनामा दिए देश डुब्छ भन्ने प्रधानमन्त्री ओलीलाई गगनको सटिक जवाफ, ' निर्लज्जता '

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ कार्तिक १९ बुधबार
Gagan-oli.jpg1.jpeg

काठमाडौं। राजीनामा दिए देश डुब्छ भन्ने प्रधानमन्त्री केपी ओलीको भनाइप्रति नेपाली कांग्रेसका नेता गगन थापाले सटिक टिप्पणी गर्दै त्यसलाई ' निर्लज्जता ' को उपमा दिएका छन् । राजधानीमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले राजीनामा दिए देश डुब्छ भन्ने प्रधानमन्त्री ओलीको अभिव्यक्तिको प्रतिवाद गर्दै थापाले त्यसलाई निर्लज्जताको उपमा दिएका हुन्। 

बुधवार साँझ ट्वीट गर्दै थापाले कोभिडका कारण आम नागरिक दुख पाइरहेका बेला प्रधानमन्त्री केपी ओली र स्वास्थ्यमन्त्री भानुभक्त ढकालको असंवेदनशील र विवेकहिन व्यवहार देखाइरहेको समेत बताए । थापाले आम नागरिकको सुखदुखमा खडा हुनुपर्ने प्रधानमन्त्री ओली पार्टीभित्रको जोडघटाउमा व्यस्त रहने तथा स्वास्थ्यमन्त्री ढकाल उपचारको शुल्क तोक्नमै मस्त रहेकोमा आपत्ती जनाए ।

सरकार र स्वास्थ्य मन्त्रालयका नेतृत्व गर्नेहरुको यस्तै असंवेदनशीलता र विवेकहिनताकै कारण फ्रन्टलाइनका स्वास्थ्यकर्मी सुरक्षा नपाएर राजीनामा दिने, उपचार पाउन सक्ने बिरामी उपचार नपाएर मर्नुपर्ने अनि अवस्था आएको थापाले बताए। यस्तो बिषम परिस्थितिमा कतै राहतको अनुभुती नपाउँदा पनि पदमै टासिइरहेका प्रधानमन्त्रीले आफैले आफ्नो बचाउ गर्दै राजीनामा दिए दिए देश डुब्छ रे भन्ने अभिव्यक्तिको कहि कतै तादात्म्यता नमिलेको थापाले बताए।

थापाले ट्वीटमा लेखेका छन्, '@PM_Nepal पार्टीभित्रको जोडघटाउमा व्यस्त @dhbhanu उपचारको शुल्क तोक्नमै मस्त। यस्तै असंवेदनशीलता र विवेकहिनताकै कारण फ्रन्टलाइनका स्वास्थ्यकर्मी सुरक्षा नपाएर राजीनामा दिने, उपचार पाउन सक्ने बिरामी उपचार नपाएर मर्नुपर्ने अनि अवस्था आएको छ। अझ राजीनामा दिए देश डुब्छ रे। निर्लज्जता! '



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ