arrow

वामदेव गौतमविरुद्धको रिट कहिलेसम्म ‘हेर्दाहेर्दैमा’ 

logo
प्रकाशित २०७७ कार्तिक २० बिहिबार
bamdev-gautam.jpg.jpeg

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बीच विवादले गम्भीर रुप लिँदा उपाध्यक्ष वामदेव गौतमकै सांसद बन्ने धोको अड्किएको छ । उनले राष्ट्रिय सभा सांसद बनेर सपथ नै खाइसके पनि सर्वोच्च अदालतमा परेको रिटका कारण नियुक्ति अड्किएको छ ।

गौतमलाई मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले असोज १ गते राष्ट्रिय सभा सदस्यमा मनोनीत गरेकी थिइन् । सो मनोनयनविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता बद्रीराज भट्टले गौतमको नियुक्ति बदर गर्न माग गर्दै असोज ५ गते रिट दायर गरेका थिए ।

पार्टीको आन्तरिक किचलो मिलाउन संविधान नै मिचेर वामदेवलाई राष्ट्रपति भण्डारीले निर्देशन दिए पनि गौतम भने आफू नै सांसद हुन नपाएर मन्त्री पड्काउने धोकोबाट वञ्चित हुँदै आएका छन् । उनी अर्थ मन्त्री हुन लालायित थिए । उक्त पद महासचिव विष्णु पौडेलले पड्काए । 

अहिले रक्षामन्त्रीको पद खाली छ । त्यसमा गौतमलाई दिन सक्ने बताइन्छ । तर प्रधानमन्त्री केपी शर्मा ओली पनि रुचिकर नदेखिँदा अलमल भएको थियो । 

यता सर्वोच्च अदालतमा संवैधानिक इजलास गठन हुन नसक्दा उनको रिट सुनुवाइ अनिश्चित बनेको छ । अदालतमा नियमित सुनुवाइ प्रक्रिया नहुँदा गौतम विरुद्धको मुद्दा हेर्दाहेर्दैमा रोकिएको छ ।

गौतमको मुद्दा तत्काल किनारा नलाग्दा संवैधानिक नियुक्ति रोकिएको छ । अदालतमा मुद्दा विचाराधीन रहेकाले नियुक्ति ‘होल्ड’ मा परेको हो । प्रारम्भिक सुनुवाइले गौतमलाई राष्ट्रिय सभामा मनोनयनको विषयमा संवैधानिक प्रश्न उठाएको थियो । 

१६ असोजदेखि संवैधानिक इजलासमा हेर्दाहेर्दैमा रहेको सो मुद्दा अलपत्र छ । सर्वोच्चका न्यायाधीश र कर्मचारीमा कोरोना भाइरसको संक्रमण भएपछि नियमित प्रक्रियाका मुद्दाहरु प्रभावित हुँदै आएका छन् । त्यही प्रक्रियामा गौतमको मुद्दा पनि परेको छ । 

कोरोनाका कारण लामो समयदेखि सुनुवाइ नै प्रभावित भएसँगै अलमल बढेको छ । हाल संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासहित न्यायाधीशहरु दीपककुमार कार्की, हरिकृष्ण कार्की, विश्वम्भर श्रेष्ठ र ईश्वरप्रसाद खतिवडा छन् । 

एक जना न्यायाधीश अनुपस्थित भएमा पनि संवैधानिक इजलास गठन हुन सक्दैन । 

पार्टी आन्तरिक किचलोमा फसेको छ । प्रधानमन्त्री ओली नै आफूले राजीनामा नदिने भन्दै आन्तरिक किचलो अझ बढी सक्रिय भएको संकेत गरिसकेका छन् । यस्तो त पार्टीकै उपाध्यक्षलाई भने पाएको पद जोगाउन कठिन भएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ