arrow

तीन हजार एकाउन्न संक्रमित थप, अठारले गुमाए ज्यान

उपत्यकामा १ हजार ३ सय ९८ संक्रमित

logo
प्रकाशित २०७७ कार्तिक २० बिहिबार
corona-nepal-ministry.JPG

काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा थप तीन हजार एकाउन्न जनामा कोरोना भाइरस (कोभिड –१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो समय १३ हजार ६८ जनाको  स्वास्थ्य परीक्षण गर्दा एक हजार २०९ महिला र एक हजार ८४२ पुरुष गरी उक्त सङ्ख्यामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको सङ्ख्या १ लाख ८५ हजार  ९७४  पुगेको छ । 

हाल देशभर सक्रिय संक्रमित ३६ हजार ५१४ जना रहेका छन् । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा निको हुनेको सङ्ख्या तीन हजार ४३० रहेको छ । योसँगै  निको हुनेको सङ्ख्या एक लाख ४८ हजार ४०८ पुगेको छ । हाल देशभर एक हजार दुई सय ३२ जना क्वारेन्टिनमा रहेका छन् ।
  
हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या एक हजार ५२ पुगेको छ भने पछिल्लो २४ घण्टामा थप १८ जनाले ज्यान गुमाएको मन्त्रालयले जनाएको  छ ।  

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १ हजार ३९८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार काठमाडौँमा एक हजार ९१, ललितपुरमा १६० र भक्तपुरमा १४७ जनामा संक्रमण पुष्टि भएको हो  । 

मन्त्रालयका अनुसार  उपत्यकामध्ये काठमाडौंमा हालसम्म संक्रमितको सङ्ख्या ६८ हजार ४४९ पुगेको छ भने निको हुनेको सङ्ख्या ५१ हजार ८५९ रहेको छ । 

भक्तपुरमा हालसम्म ६ हजार २३२ जनामा संक्रमण पुष्टि भएको छ भने  निको हुने चार हजार ९१५ रहेका छन् । यस्तै ललितपुरमा कूल नौ हजार ६६३ संक्रमितमध्ये सात हजार ३२२ जना निको भएका छन् । हाल दुई जिल्ला मनाङ र बाजुरा बाहेकका ७५ वटै जिल्लामा सक्रिय संक्रमित रहेका छन् ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ