arrow

भारतीय सेना प्रमुख जनरल मनोज मुकुन्द नरवणेलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ कार्तिक २० बिहिबार
mm-narbane-indian-army-chie.jpg

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय सेना प्रमुख जनरल मनोज मुकुन्द नरवणेलाई नेपाली सेनाको मानार्थ महारथी पदबाट सम्मान गरेकी छिन् । राष्ट्रपतिको कार्यालय शीतल निवासमा आयोजित एक विशेष समारोहका नरवणेलाई उक्त दर्जा प्रदान गरिएको हो । समारोहमा जनरल नरवणेलाई खड्ग तथा सनद–पत्र पनि प्रदान गरिएको थियो । मानार्थ दर्ज्यानी सम्मान समारोहमा प्रधानमन्त्री तथा रक्षामन्त्री केपी शर्मा ओली, रक्षा सचिव रेश्मीराज पाण्डे, नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रा र दुवै देशका वरिष्ठ अधिकारीहरु सरिक थिए। 

नेपाल–भारतबीचको अनुपम साँस्कृतिक, धार्मिक एवं ऐतिहासिक सम्बन्धको साथै मित्रवत् सैनिक सम्बन्धको निरन्तरता स्वरुप दशकौंदेखि नेपाली सेनाका प्रधान सेनापतिलाई भारतीय सेनाको मानार्थ महारथी तथा भारतीय सेनाका प्रमुखलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्ने परम्परा रहिआएको नेपाली सेनाले जनाएको छ। विगत सात दशकदेखि हुर्कदै आएको यहि परम्परा अन्तर्गत पछिल्लोपटक भारतीय सेनाध्यक्ष नरवणेलाई सो सम्मान प्रदान गरिएको हो । उक्त दर्जाबाट सम्मानित पहिलो भारतीय सेना प्रमुख जनरल के एम करिअप्पा थिए । उनलाई सन् १९५० मा उक्त सम्मान प्रदान गरिएको थियो । गत जनवरीमा भारतका राष्ट्रपति रामनाथ कोविन्दले नयाँ दिल्लीमा आयोजित एक समारोहमा नेपाली सेनाका प्रधान सेनापति पूर्णचन्द्र थापालाई भारतीय सेनाको मानार्थ महारथी पद प्रदान गरेका थिए ।

समारोह पश्चात् जनरल नरवणेले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटवार्ता गरेका थिए । भेटवार्तामा राजदूत क्वात्राको पनि उपस्थिति थिए । राष्ट्रपतिसँगको भेटका क्रममा जनरल नरवणेले आफूलाई दिइएको उक्त सम्मानप्रति विशेष आभार प्रकट गर्दै द्विपक्षीय सहकार्यलाई अझ सुदृढ बनाउने उपायहरुबारे छलफल गरेको भारतीय दुतावासले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । बिहिवार साँझ प्रधानसेनापति पूर्णचन्द्र थापाले क्वात्राको सम्मानमा जङ्गी अड्डामा रात्रीभोज आयोजना गरेका छन् ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ