arrow

कांग्रेस केन्द्रीय समिति बैठक सोमबार

logo
प्रकाशित २०७७ कार्तिक २० बिहिबार
nc-party-office.png

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक यही कात्तिक २४ गते दिउँसो १ बजे बस्ने भएको छ । 

यस अघि कात्तिक २१ गतेका लागि निर्धारण गरिएको सो बैठक पार्टीको पदाधिकारी बैठक लम्बिएपछि आगामी सोमबारका लागि तोकिएको पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । 

पार्टीका पदाधिकारी, पूर्व पदाधिकारी र केही केन्द्रीय सदस्यको बिहिबार भएको बैठकमा सहभागीहरुले बोल्ने क्रम जारी रहेकाले सो बैठक शुक्रबार पनि पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा १२: ३० बस्ने पार्टी कार्यालयले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ