विना नरवणेसँग नेपाली सैनिक श्रीमती संघका पदाधिकारीको भेटघाट
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ कार्तिक २० बिहिबार
671
Shares
काठमाडौं। भारतीय सेनाध्यक्ष जनरल एम एम नरवणे साथै नेपाल भ्रमणमा रहनु भएकी भारतीय सेनाको सैनिक श्रीमती कल्याण संघकी अध्यक्ष श्रीमती विना नरवणेले जंगी अड्डा भद्रकालीस्थित् नेपाली सैनिक श्रीमती संघको कार्यालयमा, संघकी अध्यक्ष श्रीमती दीपा थापासँग शिष्टाचार भेटघाट गरेकी छिन् ।
उक्त अवसरमा श्रीमती नरवणेले संघद्वारा संचालित विविध कल्याणकारी कार्यक्रम तथा गतिविधिहरुका बारेमा जानकारी लिनुको साथै संघका अन्य पदाधिकारीहरुसङ्ग अन्तर्क्रिया समेत गरेकी थिइन।
भारतीय सेनाध्यक्ष नरवणे नेपाली सेनाको मानार्थ महारथी ग्रहण गर्ने कार्यक्रमका लागि नेपालको ३ दिने भ्रमणमा रहेका छन्।