arrow

प्रचण्डलाई ओलीले ठाडै सोधे गुटको भेला गरेर भेट्न आउने?

पार्टीभित्रका बिरोधीका रणनीति चकनाचुर पार्ने ओलीको चेतावनी

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ कार्तिक २० बिहिबार
oli-prachanda.gif.gif

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आन्तरिक विवाद झन गहिरिदै गएको छ । पाँच दिनपछि भएको भेटघाटमा केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच सुखद संवाद हुन सकेन । नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डले ओलीसँग भेट गर्नुपूर्व कोटेश्वरमा माधव नेपाल र नारायणकाजी श्रेष्ठसँग भेटघाट गरी बालुवाटार पुगेका थिए । कार्यकारी अध्यक्षकै हैसियतमा प्रचण्डलाई दोस्रो तहका नेताहरुले ओलीसँग वार्ता गरेर समस्या समाधान गर्न सुझाव दिएपछि उनी बालुवाटार गएका थिए । 

सम्बद्ध स्रोतका अनुसार दुवै अध्यक्षबीच पहिलाको जस्तो भेटघाट सौहार्दपूर्ण बन्न सकेन । शुरुमै प्रचण्डले १ नम्बर प्रदेशमा किन जुम मिटिङ गर्नु भएको भन्ने प्रश्न उठाएपछि ओलीले तपाई पनि त भर्खरै कोटेश्वरमा गुट भेला गरेर यहाँ आउनु भएको छ नि भनेर जवाफ फर्काएका थिए । स्रोतका अनुसार विहिबारको भेटघाट एउटा प्रश्न गर्ने अर्कोले जवाफ फर्काउनेमै केन्द्रीत भयो । प्रचण्डले तपाईको राजिनामा कसले मागेको छ भनेर अर्को प्रश्न गरेका थिए । लगत्तै ओलीले तपाईहरुले काम गर्नै वातावरण नदिएर राजिानामा मागे भन्दा बढी गर्नु भएको छ भन्दै जवाफ फर्काए । तर प्रचण्ड यतिमै रोकिएनन । सचिवालय बैठक बोलाएर छलफल गरौ भन्दा तपाई किन पन्छिनु हुन्छ भनेर सोधेका थिए । त्यसको जवाफमा ओलीले तपाई र म मिलौ सबै कुरा ठिक हुन्छ भन्दै फर्काएका थिए । 

साढे एक बजे वालुवाटार पुगे प्रचण्ड साढे दुई नहुँदै बाहिरिएका थिए । ओलीले पनि तपाईहरु सधै गुटभेला गरेर सरकारलाई काम गर्न नदिने भन्दै शुरुमै कड्किएका थिए । ‘विहिबार दुवै अध्यक्ष नरम बन्ने कुनै अवस्था देखिएन । दुवै आरोप प्रत्यारोपमा प्रस्तुत भए । सधैको भन्दा पनि विहिबार दिउँसोको भेटघाट सुखद बन्न सकेन’, नेकपा निकट स्रोतले भन्यो । स्रोतका अनुसार २० कात्तिकमा आफ्नो गुटका नेताहरूलाई भर्चुअल प्रशिक्षणमार्फत् जनताको बहुदलीय जनवाद (जबज)को पक्षमा माहोल बनाउन प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले निर्देशन दिएको भोलिपल्ट दुवै अध्यक्षबीच भेटघाट हुँदा भनाभनमै सिमित भएको छ । बुधबार ओलीले आफ्नो गुटका नेताहरूमध्ये प्रदेश १ का नेताहरूलाई यस्तो निर्देशन दिएका थिए । त्यो निर्देशन दिनुअघि ओलीले त्रिवि शिक्षण अस्पतालमा पुगेर राजीनामा नदिने अभिव्यक्ति दिए ।

दुवै अध्यक्षको भेट अघि बसेको मन्त्रिपरिषद् बैठकमै पार्टीभित्रैका नेताहरुलाई लक्षित गरेर प्रधानमन्त्री ओलीले विपक्षीका रणनीति चकनाचुर पारिने बताएका थिए । नेकपाका अर्का अध्यक्ष प्रचण्डलाई १५ कात्तिकमा पार्टी छोडेर जान सक्नुहुन्छ भने यता प्रधानमन्त्री ओली पार्टीका विपक्षी मोर्चाप्रति आक्रामक बन्दै गएका छन् । २८ असोजको मन्त्रिपरिषद् पुनर्गठन होस् वा दशैंलगत्तै ओली प्रचण्ड भेटका संवादमा ओली प्रचण्ड दुवै आक्रामक बन्दै गइरहेका छन् । ओलीले केही दिनअघि नेताहरू शंकर पोखरेल, राजन भट्टराई , भानुभक्त ढकाल र सूर्य थापालाई प्रदीप नेपालसँग भेट गर्न पठाएर नेपाललाई मिलाउन खोजेपनि नेपालले ओलीका भनाईलाई विश्वास गरिरहेका छैनन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ