arrow

नेकपाका नेताहरुलाई टेलिफोन गरि बोलाउन थालिन राष्ट्रपतिले

प्रधानमन्त्री ओलीलाई सहयोग पुग्नेगरि बढाइन सक्रियता, रक्षाकवच बनेको आरोप

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ कार्तिक २० बिहिबार
kp-oli-n-bidhya-bhandari.jpg.jpeg

काठमाडौं । राष्ट्रपति राजनीतिक दलभन्दा माथिको संस्था भएपनि विद्यादेवी भण्डारीले त्यसको गरिमालाई जोगाउन नसकेको आरोप लागिरहेको छ । खासगरि सत्तारुढ दलको विवादमा उनी पटक पटक जोडिएपछि राष्ट्रपति संस्थाको गरिमा र इज्जत धान्न नसकेको आरोप लागेको हो । सत्तारुढ दल नेकपामा आन्तरिक विवाद चर्कदा पार्टीका सचिवालय सदस्यलाई पालै पालो भेट गरेपछि उनको भूमिकालाई लिएर आलोचना हुन थालेको छ । सत्तारुढ दल नेकपाकै कुनै नेता जस्तो नेकपाभित्र प्रधानमन्त्री केपी ओलीको गुटका रक्षाकवच बनेको भन्दै नेकपाकै नेताहरुले आन्तरिक वैठकहरुमा उनको बिरोध गर्न थालेका छन् ।हुन पनि उनले यसै साता पार्टीका दुई नेताहरुलाई शीतल निवास बोलाएर भेटघाट गरेकी छिन् । 

सत्तारुढ दल नेकपामा प्रधानमन्त्री ओलीले स्वेच्छाचारि ढंगबाट सरकार र पार्टी सञ्चालन गर्न खोजेको भन्दै उनी विरुद्ध सचिवालय सदस्यहरुले मोर्चाबन्दी गरिरहेका बेला पार्टीका उपाध्यक्ष वामदेव गौतम र गृहमन्त्री रामबहादुर थापा ‘वादल’लाई शितल निवासमा बोलाएर राष्ट्रपति भण्डारीले भेटघाट गरेकी हुन् । गौतमलाई शितल निवास बोलाएको समाचार बाहिर आएपनि गृहमन्त्री थापालाई बोलाएको समाचार भने बाहिर आएको छैन । शितल निवासले वादलसँगको भेटघाटलाई लुकाएको छ भने वादल सचिवालयले पनि यो भेटघाटलाई लुकाईरहेको छ । 

पार्टीका निर्णय कार्यान्वयनमा समेत अटेरी बनेको आरोप खेपिरहेका प्रधानमन्त्री ओलीमाथी संकट आईपरेको र त्यसको न्यूनिकरणका लागि राष्ट्रपति भण्डारी सक्रिय रहेको बताइन्छ । पार्टीका अर्का अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताद्धय माधव नेपाल, झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ लगायत नेताहरु पार्टी निर्णय कार्यान्वयनका सवालमा फेरि पार्टी बैठकबाटै प्रधानमन्त्रीलाई दबाब दिनुपर्ने भन्दै छलफल गरिरहँदा राष्ट्रपतिले पालैपालो सचिवालय सदस्यलाई बोलाएर ओलीको पक्षमा माहोल बनाउन लागिपरेकी हुन् । नेकपामा कुनैपनि प्रकारको विवाद नहुँदा चुपचाप बस्ने राष्ट्रपति भण्डारी जब पार्टीभित्र ओलीलाई अप्ठयारो र संकट आईलाग्छ त्यतिबेला मात्रै नेताहरुलाई शितल निवासमा बोलाएर प्रभावित गर्ने गरेको आरोप छ।

राष्ट्रपति भण्डारी यसैसाता नेकपाका सचिवालयका दुई नेतालाई शितल निवासमा बोलाएर पार्टीभित्रको विवादबारे चासो मात्रै राखेकी छैनन उनले समाधान गर्न दुवै नेतालाई अग्रसर हुन आग्रह समेत गरेकी थिइन । मंगलबार उनले उपाध्यक्ष वामदेव गौतमलाई आफैले टेलिफोन गरेर बोलाई भेट गरेकी थिइन् भने बुधबार  प्रधानमन्त्री ओलीलाई बोलाएर भेट गरेपछि गृहमन्त्री समेत रहेका सचिवालय सदस्य वादललाई पनि बोलाएर छलफल गरेकी हुन् । बादललाई पनि उनले आफै टेलिफोन गरेर भेट्न बोलाएकी हुन् । राष्ट्रपतिले भेट्न बोलाएपछि अघिल्लो र पछिल्लो दिनमा शितल निवास पुगेका गौतम र थापाले आफुले सक्दो पार्टी एकता जोगाउन भूमिका खेल्ने भन्दै फर्किएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ