arrow

अवस्थामा सुधार नभएपछि मन्त्री शाह काठमाडौंमा

logo
प्रकाशित २०७७ कार्तिक २१ शुक्रबार
minister-prakash-shah-of-Sudurpaschim-Province--(1).jpg

काठमाडौं । स्वास्थ्यावस्थामा सुधार नआएपछि सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाहलाई थप उपचारका लागि काठमाडौँ ल्याइएको छ ।

यही कातिक १५ गते कोरोना पुष्टि भएका मन्त्री शाहलाई कैलालीस्थित सेती प्रादेशिक अस्पतालको कोरोना अस्थायी अस्पतालबाट थप उपचारका लागि शुक्रबार सिम्रिक एयरमार्फत काठमाडौं ल्याइएको उनका स्वकीय सचिव जङ्गबहादुर विकले जानकारी दिए । 

धनगढीमा होम आइसोलेशनमा बसिरहेका मन्त्री शाहलाई नाकबाट रगत बगेपछि बुधबार सेती प्रादेशिक अस्पतालमा उपचार व्यवस्थापन गरिएको थियो । मन्त्री शाहसहित उनकी धर्मपत्नी र गाडी चालकमा यही कात्तिक १५ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ