arrow

केन्द्रीय समिति बैठक अघि नै कांग्रेस विवाद सुल्झाउने प्रयासमा, आइतबार पनि पदाधिकारी बैठक

logo
प्रकाशित २०७७ कार्तिक २३ आइतबार
nepali-congress-flag.jpg.jpeg

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सोमबार (कात्तिक २४ गते) बस्दैछ । पटक पटक सर्दै आएको बैठक सोमबार बस्ने पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए । उनले त्यसअघि विभिन्न विषयमा निचोड निकाल्न पदाधिकारीहरुको अनौपचारिक बैठक सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बस्दै आएको बताए । 

आइतबार पनि पदाधिकारीहरुको अनौपचारिक बैठक बस्ने भएको छ । गत शुक्रबार (कात्तिक २१ गते) नै केन्द्रीय समिति बैठक बस्ने निर्णय भएको भए पनि पदाधिकारीहरुबीचको छलफल निष्कर्षमा पुग्न नसकेका कारणले बैठक सोमबार सम्मका लागि सरेको हो । 

बुढानीलकण्ठको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले उठाएको १६ बुँदे मागको विषय टुंगोमा पुग्न सकेको छैन । 
सभापति देउवाले गठन गरेका विभिन्न विभाग र महाधिवेशनको मितिमा अझै सहमति हुन नसकेको बैठकमा सहभागी एक केन्द्रीय सदस्यले बताए । 

पौडेल पक्षले विधान विपरीत भएका गल्तीहरु सच्याउन माग गर्दै आएको छ । बैठकमा सहभागी पदाधिकारीहरुको बोल्नेक्रम नसकिएकाले आइतबार दिउँसो १ बजे बस्ने बैठक निर्णायक हुने बताइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ