arrow

जग्गा हडप्न नपाएपछि महिलामाथि आक्रमण, प्रहरी निरीह (भिडियोसहित)

डीएसपी बस्नेत भन्छन्, ‘जग्गाको मुद्दा म हेर्दिन जो कुटाकुट गर्छ मुद्दा चलाउँछु ’

logo
प्रकाशित २०७७ कार्तिक २४ सोमबार
kutpit1.JPG

काठमाडौं । काठमाडौंको कुमारीगालमा छिमेकीहरुले मिलेर एक महिलामाथि आक्रमण गरेका छन् । आफ्नो घरसँग जोडिएको जग्गा हडप्न नपाएपछि उनीहरुले कल्पनाकुमारी पोखरेललाई घरमा अन्य कोही पनि नभएको मौका पारेर गत कार्तिक १७ गते आक्रमण गरेको पीडितले बताइन् । 

छिमेकी दिपेन्द्र काफ्लेको परिवारका चार जना सदस्य मिलेर पीडित कल्पनामाथि हातपात गरेको उनले बताइन् । पीडितले सुसान्त काफ्लेले अपशब्द बोली धरपकड गरी आफू आमा सरहकी महिलालाई हातपात गरेको भन्दै गौशाला प्रहरी कार्यालयमा कार्तिक २० गते उजुरीसमेत दिएकी छिन् । 

उजुरीमा आफूमाथि हातपात भएको भिडियोेसमेत संलग्न रहेको छ । तर प्रहरीले अहिलेसम्म प्रक्रिया अगाडि नबढाएको पीडितले बताइन् । 

प्रहरीले आक्रमणकारीलाई नै संरक्षण गरेको पीडितको आरोप छ । 

गौसला प्रहरी कार्यालयका डीएसपी जितेन्द्र बस्नेतले भने अदालतमा जानुपर्ने घटना यहाँ आइपुगेको भन्दै भिडियो आइसकेपछि आउनुस् छलफलमा मिलाइदिन्छु भनेर भनेपछि अहिलेसम्म नआएको बताएका छन् । 

उनले भने, ‘जाहेरवाला यहाँ जाहेर दिन आएको दिनैदेखि उहाँहरुलाई फोन गरेर बोलाएको हो । कहिले ब्रतबन्ध भन्ने, कहिले वडामा पठाइदिनु भन्ने, मेरो काम वडामा छलफल गराउने हो ? मेरो त आफ्नै अफिस छ नि इन्डिभिजुअल । वडा कार्यालयमा म किन जाने छलफलमा ?’

डीएसपी बस्नेतले भने, ‘आज छैटौं दिन भयो बोलाएको । अर्को निवेदक पक्ष आएका बेलामा ए बाबा तपाईँकोबारे यसरी आएको छ दुवै पक्ष बस्नुस् छलफल गर्नुस् मिल्यो भने मिलाउनुस् किन मुद्दा दर्ता गर्न जानुहुन्छ भनेर बोलाएको ब्रतबन्ध छ भन्नुहुन्छ कहिले के भन्नुहुन्छ आउँदै आउनु हुन्न । अन्त अन्त गएर कसरी हेरिदिने मैले ।’

जग्गाको विवादपछि भएको यो आक्रमणबारे भिडियो हेरेर पूर्ण जानकार भइसकेका डीएसपी बस्नेतले भने, ‘जग्गाको विवाद म हेर्दिन । जो कुटाकुट गर्छ मुद्दा चलाउँछु । मुद्दा चल्छ ।’

के कोरणले भयो घटना ? 
जग्गाको सीमाना मिचेको भनेर उक्त काफ्ले परिवारले काठमाडौं महानगरपालिकाको न्यायीक समितिमा मुद्दा दिएको थियो । तर उक्त मुद्दा दिए पनि उक्त परिवारको अनुकुल हुने गरी महानगरपालिकाले फैसला गरिदिएन । 

पीडितका अनुसार महानगरपालिकाले, ‘हामीले मुद्दाको फैसलाप्रति हेर्दा सीमाना मिचे नमिचेको विवादको इन्साफ गर्ने क्षेत्राधिकार यस कार्यालयलाई नभएको वादी प्रतिवादीले बनाउन खोजेको निर्माण कार्य यथा अवस्थामा राखी जग्गा मिचे नमिचेको विवाद निरुपणका लागि श्री काठमाडौ जिल्ला अदालत जानू’ भनी बताएको थियो । 

दिपेन्द्र काफ्लेले दिएको मुद्दामा वादी दावी नपुगेको भन्दै २०७६ मंसिर २७ गते उक्त फैसला गर्दै पुनरावदेन गर्न भनिएको थियो ।  

पीडितका अनुसार उक्त फैसलाको ११ महिनासम्म पुनरावेदन नगई जवरजस्ती गरी आक्रमण गर्दासमेत प्रहरीले उजुरीमाथिसमेत कुनै प्रक्रिया थालेको छैन । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ