arrow

सिटी एक्सप्रेस र हङकङको वाइरिज रेमिटान्सबीच कारोबार शुरु

logo
प्रकाशित २०७७ कार्तिक २४ सोमबार
city-express-money-express.jpeg

काठमाडौं। सिटी एक्सप्रेस मनी ट्रासफर र हङकङको ख्यातिप्राप्त वाइरिज रेमिटान्सबीच रेमिटान्स कारोबार शुरु भएको छ। हङकङमा रहेका नेपालीहरुले वाइरिज रेमिटान्सको सेवा प्रयोग गरी सिटी एक्सप्रेसमार्फत सजिलै आफन्तलाई नेपालमा पैसा पठाउन सक्ने सिटी एक्सप्रेसले प्रेस विज्ञप्ति जारी गरी जानकारी दिएको छ।

नेपालमा सिटी एक्सप्रेससँग आवद्ध १० हजारभन्दा बढी एजेन्टहरुलाई सजिलै भुक्तानी लिन सकिने, नेपालको जुनसुकै बैंकको खातामा रकम जम्मा गर्न र मोबाइल वालेटमा लोड गर्न सकिने पनि जनाइएको छ। उक्त सम्झौतामा सिटी एक्सप्रेसका तर्फबाट प्रवन्ध निर्देशक चन्द्र टण्डन र वाइरिज रेमिटान्सका तर्फबाट निर्देशक ऋतु त्रिपाठीले हस्ताक्षर गरेका छन्।

यही नोभेम्बर ३० तारिखसम्म यो सेवामार्फत बैंकिङ कारोबार निःशुल्क गरिएको पनि सिटी एक्सप्रेसले जानकारी गराएको छ। सिटीले विगत १४ वर्षदेखि संसारभरबाट रेमिटान्स सेवा प्रदान गर्दै आइरहेको छ।



नयाँ