काठमाडौं उपत्यकामा मात्र २० हजार सक्रिय सङ्क्रमित


प्रकाशित

तस्बिर : फाइल

काठमाडौं। काठमाडौं उपत्यकामा अहिलेसम्म ९० हजारमा कोरोना भाइरसको सङ्क्रमण मानिसमा देखिएको छ भने निको भएका सङ्ख्या घटाउँदा हाल २० हजार सक्रिय सङ्क्रमित देखिएका छन्।

देशभर एक लाख ९७ हजार २४ सङ्क्रमित हुँदा उपत्यकामा ९० हजार १५५ सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए। यसमा, काठमाडौं। जिल्लामा ७३ हजार २०३ जना, भक्तपुरमा छ हजार ५९८ जना र ललितपुरमा १० हजार ३५४ जना  रहेका छन्। आज मात्र उपत्यकामा एक हजार ४२८ जना सङ्क्रमित भएका छन्। तीमध्ये ६३० महिला र ७९८ पुरुष रहेका छन्।

देशभर ३६ हजार १७४ सक्रिय सङ्क्रमित हुँदा काठमाडौँ उपत्यकामा १९ हजार ३८४ जना रहेका छन्। काठमाडौँ जिल्लामा १५ हजार ९८२ जना, भक्तपुरमा एक हजार १४३ जना र ललितपुरमा दुई हजार २५९ जना सक्रिय सङक्रमित रहेका छन।

देशभर निको हुने एक लाख ५९ हजार ७२४ जना भएकामा उपत्यकामा मात्र ७० हजार ३५६ जना रहेका छन्। तीमध्ये काठमाडौं जिल्लामा ५६ हजार ९४६, भक्तपुरमा पाँच हजार ३८३ र ललितपुरमा आठ हजार २७ जना निको भई घर फर्किएका छन्। देशभर कूल निको हुने दर ८१ प्रतिशत रहेको छ। देशभर एक हजार १२६ जना सङ्क्रमणबाट निधन भएकोमा उपत्यकामात्र ४१५ जना रहेका छन। तीमध्ये काठमाडौं जिल्लामा २७५ जना, भक्तपुरमा ७२ र ललितपुरमा ६८ जना रहेका छन्।

अहिलेसम्म काठमाडौं जिल्लामा ११ हजार ६५१ जना, भक्तपुरमा एक हजार ८१४ जना र ललितपुरमा एक हजार ८३१ जना आइसोलेसनमा रहेका छन्। अहिले देशभर ३६ हजार १७४ सक्रिय सङ्क्रमित छन्। उनीहरुमध्ये २९ हजार ८३६ होम आइसोलेसनमा छन्। संस्थागत आइसोलेसनमा रहेका मध्ये ४११ जनाको  सघन उपचार कक्ष (आईसीयू)  र ८३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ। देशभर ९ सय ६७ जना क्वारेन्टिनमा रहेका छन्। हालसम्म  १५ लाख ५१ हजार २५४ जनाको पीसीआर भएको छ।

देशभर पछिल्लो २४ घण्टामा थप २ हजार ५ सय ७१  जनामा कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण पुष्टि भएको छ। मन्त्रालयका अनुसार पछिल्लो समय ११ हजार १७७ जनाको  स्वास्थ्य परीक्षण गर्दा १ हजार ५१ महिला र १ हजार ५२० पुरुष गरी उक्त सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो। 

थप १८ को मृत्यु
हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या एक हजार १२६ पुगेको छ भने पछिल्लो २४ घण्टामा थप १८ जनाले ज्यान गुमाएको मन्त्रालयले जनाएको  छ।


प्रतिक्रिया :

नयाँ