arrow

उद्धारको नाममा टिकटमा कमिसन खानेहरुको सरकारबाट के आशा गर्नुः गगन थापा

प्रधानमन्त्री राणा शासक भन्दा पनि गैर जिम्मेवार भए

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ कार्तिक २४ सोमबार
gagan-thapa-mask.jpg

लन्डन । नेपाली कांग्रेसका नेता गगन थापाले वर्तमान सरकारका प्रधानमन्त्री राणा शासनका प्रधानमन्त्री भन्दा पनि गैर जिम्मेवार भएको आरोप लगाएका छन्। नेपाल प्रेस युनियन युरोप शाखाले गरेको कोभीड र लोकतन्त्र बिषयक भर्चुअल बहसमा बोल्दै नेता थापाले कोरोना भाइरसको महामारीले सयौं नेपालीको मृत्यु र हजारौं संक्रमित भइरहँदा सरकारले जिम्मेवारी निर्वाह नगरेकोप्रति आक्रोश ब्यक्त गरे।

‘प्रधानमन्त्री ओली जनताप्रति होइन आफ्नै पार्टीको विवादमा मुछिदै कोरोना नियन्त्रणका बारेमा कुनैपनि छलफल वा बैठक नगरी गैरजिम्मेवारी प्रदर्शन गरिरहेका छन्,’ नेता थापाले भने,‘विदेशमा अलपत्र परेका नेपालीहरुको उद्दार गर्ने निहूँमा सरकारले टिकटमा कमिसन खान तल्लिन भएको छ, यस्तो निरंकुश सरकारबाट धेरै अपेक्षा गर्न सकिदैन ।’

प्रेस युनियन, युरोप शाखाले युरोपमा अवस्थित विभिन्न संघसंस्था र निकायसँग वहसको सुरुवात गरेसँगै पहिलो वहश नेता थापाको प्रमुख आतिथ्यतामा भएको हो। वहश कार्यक्रममा सहभागि एनआरएनएका अभियन्ता तथा कांग्रेस नेता विश्व आदर्श पण्डितले नेपालमा सबैखाले स्वतन्त्रता प्राप्त भइनसकेकाले फेरि प्रजातन्त्रप्रेमीहरुको एकता आवश्यक रहेको औंल्याए।

शाखा अध्यक्ष संजयभक्त कँडेलको सभापतित्वमा भएको  कार्यक्रममा नेपाली जनसम्पर्क समिति विश्व सञ्जाल युरोपका संयोजक शेखर कँडेलले दोष, आरोप प्रत्यारोप भन्दा आफू भित्रका कमी कमजोरीलाई सुधार्दै संयुक्त रुपमा अघि बढनु नै अबको उत्तम विकल्प रहेको कुरामा जोड दिए ।

एनआरएनएका पूर्व उपाध्यक्ष कुल आचार्यले अमेरिकामा राष्ट्रपतिको निर्वाचनबाट भर्खरै प्राप्त परिणाम अनुसार प्रजातन्त्रको रक्षाका लागि नयाँ सन्देश दिएको बताउँदै डायस्पोराका नेपालीहरुलाई केही उत्साही बनाएको बताए । उनले हामी सँधै नेपाली समाजका लागि फुटेर होइन जुटेर लाग्नुपर्ने सुझाव दिए।

वहसमा गैर आवासीय नेपाली संघ युरोप क्षेत्रका संयोजक नारायण आचार्यले गैर आवासीय नेपाली संघमा केहि समस्या रहेको र यसको व्यवस्थापनमा सबैखाले शक्ति एक भएर उभिनुपर्ने कुरामा जोड दिए । सोहि क्षेत्रका उपसंयोजक तथा सामाजिक अभियन्ता शुक्रराज न्यौपानेले पनि कार्यक्रमलाई शुभकामना दिदैं निरन्तर स्वस्थ संवाद आवश्यक रहेकोले यस्ताखाले कार्यक्रमले भविष्यमा निरन्तरता पाउनुपर्नेमा जोड दिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ