arrow

पार्टी प्रवेश कार्यक्रममा व्यस्त जसपाका अधिकांश नेताहरु एकै पटक कोरोना संक्रमित

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ कार्तिक २४ सोमबार
samajbadi-party-upendra-baburam.jpg

काठमाडौं। दशैं अघि जनता समाजवादी पार्टीका शिर्ष नेताहरु मधेसमा लगातार पार्टी प्रवेश कार्यक्रममा व्यस्त भए । न्युनतम स्वास्थ्य मापदण्ड पूरा नगरी पार्टीका कार्यकर्ताका भिड लगाइएको ति कार्यक्रममा सहभागी जसपाका शिर्ष नेताहरु दशैं पछि एकै पटक कोरोना संक्रमित भएका छन् । न्युनतम स्वास्थ्य मापदण्ड पूरा नगरी कार्यक्रम गरिएकोमा त्यतिखेर नै जसपाकै केही नेताहरुले प्रश्न उठाएका थिए तर  शिर्ष नेताहरु थाहा नपाएको जस्तो गरी कार्यक्रममा व्यस्त रहे ।

दशैंपछि जसपाका संघीय परिषदका डा. अध्यक्ष बाबुराम भट्टराई र उनकी पत्नी हिशिला यमीलाई कोरोना संक्रमण पुष्टि भएको छ । शनिबार आएको दोश्रो रिपोर्टमा पनि पोजेटिभ देखिएको डा. भट्टराईले दुईटरमा आफै घोषणा गरे। टुईटरमा उनले कोरनाविरुद्धको लडाइ लामो हुने संकेत देखिएको समेत बताएका छन् । जसपाका अर्का नेता राजेन्द्र महतो दशैको बेला विरामी थिए । उनी ५ दिनसम्म ग्राण्डी अस्पताल बसेका थिए । उनलाई पनि कोरोना संक्रमण देखिएको उनको पारिवारिक स्रोतले जनाएको छ । यसैगरी महेन्द्र यादव अहिले पनि होम आइसोलेसनमा छन् । मधेसबाट फर्केपछि जसपाका नेता अशोक राईलाई पनि कोरोना संक्रमण देखियो। उनी पनि अहिले होम आइसोलेसनमा छन् ।

यसविचमा सर्वेन्द्रनाथ शुक्ल, विर्खेशचन्द्र लाललाई पनि कोरोना संक्रमण पुष्टि भयो । रेणु यादव र उनका छोरा अभिषेक यादवलाई पनि पोजेटिभ देखियो । उनीहरु पनि अहिले होम आइसोलेसनमा छन् । जसपाका अर्का नेता शरत् सिंह भण्डारी लामोसमयसम्म विरामी भए । उनी करिब एक महिना काठमाडौ र करिब २ महिना लाहानमा होम आइसोलेसनमा बसे । उनलाई थाइराइडले समेत आक्रामण गर्‍यो । अहिलेको स्वास्थ्य सामान्य रहेको उनको पारिवारिक स्रोतले जनाएको छ । 

जसपाका अध्यक्ष महन्थ ठाकुर लामोसमयदेखि मुटुका रोगी हुन । उनले बेला बेलामा मुटुको फलोअप परिक्षण गर्ने गरेका छन् । पार्टीका शिर्ष नेताहरु एकै पटक विरामी भए पछि पार्टीका कार्यक्रमहरु प्रभावित भएका छन् । तर न्युनतम स्वास्थ्य मापदण्ड पूरा नगरी कार्यक्रम गरिएकोमा पार्टीकै नेता डा. सुरेन्द्र झाले चिन्ता व्यक्त गरेका छन् । उनले भने, यस्तो महामारीमा पार्टीका नेताहरु झन सचेत हुनुपर्ने हो । तर नेताहरुले नै हेलचेक्रयाई गरे पार्टीका कार्यकर्ताहरुले के सिक्ने ?’

न्युतम स्वास्थ्य मापदण्ड पूरा नगरी लगातार कार्यक्रम गरिएकोमा पार्टीकै एक नेताले ‘के जसपाका नेताहरुलाई कोरोना लाग्दैन ? भनी व्यङग्य गरेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ