arrow

झुट्टा मुद्दामा पक्राउ परेका नेविसंघका नेता ओझा रिहा, प्रहरीविरुद्ध यातना क्षतिपूर्ति उजुरी

logo
प्रकाशित २०७७ कार्तिक २५ मंगलबार
dipak-ojha-riha.jpg

काठमाडौं । प्रहरीद्वारा झुट्टा मुद्दा लगाएर फसाउने योजना स्वरुप पक्राउ गरिएका नेविसंघ शंकरदेव क्याम्पसका नेता दिपक ओझा रिहा भएका छन् । जिल्ला अदालत काठमाडौंको आदेशपछि उनी सोमबार रिहा भएका हुन् ।

त्रिभुवन विश्वविद्यालयका समाजशास्त्रका उपप्राध्यापक प्रेम चलाउनेमाथि भएको आक्रमणमा संलग्न भएको अभियोगमा दिपकलाई प्रहरीले पक्राउ गरेको थियो । सो घटना हुँदा उनी  कैलालीस्थित घरमा थिए । दशैं मनाउन घर गएका उनलाई घरबाटै कार्तिक १३ गते पक्राउ गरिएको थियो । घटनामा संलग्नता नदेखिएपछि ओझालाई जिल्ला अदालतले रिहा गरेको हो । 

आन्दोलनको क्रममा नेपाल विद्यार्थी संघले त्रिभुवन विश्वविद्यालयमा लगाएको ताला फोर्ने नेकपा समर्थित उपप्राद्यापक प्रेम चलाउने माथी असोज २० गते कीर्तिपुरमा भएको कुटपिटको आरोप नेबिसंघलाई लगाइएको थियो भने संघले पटकपटक उक्त घटनामा आफ्नो सम्लग्नता नभएको प्रष्ट्याएको छ । 

नेता ओझा असोज १७ गते नै काठमाडौंबाट कैलाली गएका थिए । यसैगरी सोही आरोपमा पक्राउ परेका नेबिसंघ नेताहरू रुपेश शाह र रबिन लामा पनि काठमाडौं जिल्ला अदालतको आदेशमा धरौटीमा रिहा भैसकेका छन् ।

पक्राउ गरी हिरासतमा राखिएका संघका नेताहरुलाई महानगरीय प्रहरी परिशर काठमाडौंका प्रमुख एसएसपी श्याम ज्ञवालीको नेतृत्वमा चरम शारीरिक र मानसिक यातना दिएकोले सो विरुद्ध यातना क्षतिपूर्ति सम्बन्धि उजुरी गरिने रिहा भएका नेताहरुले बताएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ