arrow

नेपाल—भारत सम्बन्ध सुधारमा मोदीको प्रयास, भारतीय विदेश सचिव आउँदै

logo
एजेन्सी,
प्रकाशित २०७७ कार्तिक २५ मंगलबार
india-nepal-flag-new-aa.jpeg

काठमाडौं। भारतीय सेना प्रमुख मदनमुकुन्द नरवणेको नेपाल भ्रमणपछि भारतीय विदेश सचिव हर्षवर्द्धन श्रिंगला यसै महिनाको अन्तमा नेपाल भ्रमण गर्ने भएका छन्। नेपाल भारतबीचको सम्बन्धलाई नयाँ उचाइदिन दिल्लीले औपचारिक रुपमै विदेश सचिव श्रिंगलालाई नेपाल पठाउन लागेको समाचार भारतीय समाचार संस्था हिन्दुस्तान टाइम्सले लेखेको छ। योसँगै अब, दिल्लीले नेपालसँगको सम्बन्धलाई अझैं नयाँ सुखद मोडमा लैजाने देखिएको छ।

सेनाप्रमुख नरवणेको नेपाल भ्रमणका क्रममा उनले प्रधानमन्त्री केपी शर्मा ओली एवं नेपालका सेना प्रमुखसँग भेटवार्ता गरेका थिए। प्रधानमन्त्री ओलीसँगको भेटका क्रममा उनले देशबीचको लामो र एतिहासिक समझदारीले सानातीना समस्याहरु सहजै समाधान हुने विश्वास समेत व्यक्त गरेका थिए। प्रधानमन्त्री केपी शर्मा ओलीले समेत भारतीय सेना प्रमुख नरवणेसँग भेटवार्ताको सहजताका लागि रक्षामन्त्री ईश्वर पोखरेललाई मन्त्रीपदबाट हटाएको सो पत्रिकाले लेखेको छ।
नरवणेको नेपाल भ्रमण महत्वपूर्ण मानिएको थियो। किनकी उत्तरणखण्डमा भएको नेपाल भारतबीचको विवादका विषयमा कुरा गर्ने पहिलो भारतीय अधिकारीका रुपमा नरवणे नै रहेका थिए।

गत मेमा नरवणले नेपाललाई सीमा विवाद उत्पन्न गराउनका लागि कसैले उक्साएको हुनसक्ने बताएका थिए। त्यतिबेला बेइजिङले नेपालाई भारतसँग विवाद सिजर्ना गराउँन खोजेको आशंका समेत गरिएको थियो। नरवणे र ओलीबीचको वार्ताको मुख्य कुरा बाहिर नआएपनि ओली निकट एक स्रोतले नेपालले जारी गरेको नयाँ नक्साका विषयमा समेत ओलीले भारतसँग समानान्तर कुरा गरेका थिए। त्यस्तै ओलीले सार्वभौमिकतालाई गम्भीर रुपमा लिने कुरा समेत गरेको बताइएको छ। यसको मतलब ओलीले जारी गरेको नयाँ नक्सालाई दिल्लीले पनि बुझ्ने कुरा हो।

यसबीच भारतीय विदेश सचिव श्रिंगलाले नोबेम्बर २६ र २७ को दिन काठमाडौंमा बिताउने बताइएको छ। त्यसक्रममा उनले आफ्ना समकक्षी एवं परराष्ट्र सचिव भरतराज पौड्यालसँग औपचारिक भेटवार्ता गर्नेछन्। क्यारियर कुटनीतिज्ञले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीसँग समेत भेटवार्ता गर्नेछन्। भारतीय विदेश सचिवको भ्रमणले दुई देशबीचको सीमा बेठकको टुंगो पनि लगाउने आशा गरिएको छ।

सीमाविवादको विषयलाई मुख्य केन्द्रमा राखे पनि भारतले नेपाललाई कोरोना भाइरसविरुद्धको खोप विकासका लागि एवं महाकाली नदीको वहुउद्देश्यीय परियोजना पञ्चेश्वरका विषयमा समेत छलफल हुनेछ। नेपालले पनि दिल्लीसँगको सम्बन्धलाई सुधार गर्नका लागि नयाँ नक्सा छापिएका विद्यालयका पाठ्यपुस्तकहरु फिर्ता लिएको थियो।

यसबाहेक भारतीय अनुसन्धान तथा विश्लेषण शाखाका प्रमुख सामन्तकुमार गोयलले नेपालसँगको सम्बन्ध सुधारका लागि नेपालको शान्त यात्रा गरेको समेत पत्रिकाले लेखेको छ। नेपालले जारी गरेको नक्सा ऐतिहासिक रुपमै भारतसँग उठेको सीमाविवाद हो। यसक्रममा ऐतिहासिक विवादलाई शान्त पार्न लगातार रुपमा भारतीय र नेपाली उच्च अधिकारीहरुबीच भेटवार्ता भइरहेको छ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी एवं नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीबीच ऐतिहासिक रुपमा उठेको विवादलाई समाधान गर्न महत्वपूर्ण कदम चालिएका हुन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ