arrow

नेपाल प्रेस युनियन कास्कीद्वारा मिडिया सुचिकरणका प्रावधानप्रति आपत्ती

logo
प्रकाशित २०७७ कार्तिक २६ बुधबार
Press-Union.jpg.jpeg.jpeg

पोखरा। नेपाल प्रेस युनियन कास्कीले गण्डकी प्रदेश सरकारले जारी गरेको मिडिया सुचिकरण सम्बन्धी सूचनाप्रति आपत्ती जनाउँदै ध्यानाकर्षण भएको जनाएको छ। सूचनामा संचार संस्थालाई सुचिकरणका लागि उल्लेख गरिएका विभिन्न प्रावधान अत्यन्त अव्यवहारिक र जटिल भएको भन्दै ध्यानाकर्षण भएको जनाएको हो। युनियनले जटिल प्रावधान राखेर सरकारले गण्डकी प्रदेशका मिडियामाथि संकट सृजना गरी विस्थापित हुन बाध्य पार्न खोजेको उल्लेख गरेको छ।

युनियन कास्कीका अध्यक्ष नवीन सिग्देलले विज्ञप्ति प्रकाशित गरी अव्यवहारिक र जटिल प्रावधान संसोधन वा खारेज गर्न माग गर्दै सरकारलाइ मिडिया मैत्री बनाउन दबाब दिनुपर्ने अवस्था सृजना भएको जनाएका छन्।

विज्ञप्तिमा पत्रपत्रिका, एफ एम रेडियो, अनलाईन र टेलिभिजनका लागि सहज हुने गरी प्रावधानको व्यवस्था गर्न माग गरिएको छ। प्रावधानले मिडियालाई राहत हैन आहत दिन खोज्दै छ, विज्ञप्तिमा भनिएको छ, मिडियालाई जोगाउनेतर्फ गम्भिर बन्न आग्रह गर्दछौं।

पत्रपत्रिकाको अंक, एफएम रेडियोको रोयल्टि, कोरोना महामारीका बेला सूचना तथा प्रसारण विभाग र प्रेस काउन्सिलका आवश्यक कागजपत्रको प्रावधान जटिल भएको उल्लेख छ।

गण्डकी प्रदेश सरकारले प्रेस काउन्सिल नेपाल, सूचना तथा प्रसारण विभाग र संचार तथा सूचना प्रविधि मन्त्रालयको भन्दा थप र जटिल प्रावधान राख्दा यस क्षेत्रमा मिडिया संकटग्रस्त हुदै विस्थापित हुने अवस्था आउने भन्दै चिन्ता व्यक्त गरिएको छ।

विज्ञप्तिमा सरकारले विगतमा आफू अनुकुलका संचारमाध्यमलाई मात्र सहयोग गरेको गुनासो आइरहेको भन्दै त्यस्ता गतिविधि बन्द गर्न समेत माग गरिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ