arrow

प्रधानमन्त्री ओलीको संखुवासभाका कार्यक्रम नेकपा, कांग्रेस सहितका मुख्य दलहरुले गरे बहिष्कार

प्रधानमन्त्रीले नै गुट हावी गराएपछि नेकपाकै नेताहरु रुष्ट

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ कार्तिक २६ बुधबार
pm-oli-arun-hydro.jpg

संखुवासभा । प्रधानमन्त्री केपी ओलीको संखुवासभा भ्रमणका कार्यक्रम जिल्लाको नेकपा, नेपाली कांग्रेससहित मुख्य दलहरुले बहिष्कार गरेका छन् । प्रधानमन्त्री निकटका केहि नेताहरुले जिल्लाका नेताहरुसाग समन्वय नगरेको र भ्रमणबारे आधिकारिक जानकारी नदिइ कार्यक्रम तालिका निर्धारण गरेपछि दलहरुले प्रधानमन्त्रीको भ्रमणका कार्यक्रम बहिष्कार गरेका हुन् । 

प्रधानमन्त्री ओली संखुवासभामा रहेको चीनसंगको सिमानाका किमाथांका र भारतीय कम्पनी सतलजले निर्माण गरिरहेको अरुण तेश्रो जलविद्युत परियोजना निरिक्षणका लागि बुधबार जाने निर्णय एक हप्ता अघि नै भएको थियो । नेकपा जिल्ला अध्यक्ष हेमराज घिमिरेले प्रधानमन्त्रीको संखुवासभा भ्रमण मिडियाबाट मात्र थाहा पाएको बताए । प्रधानमन्त्री कार्यालयले भ्रमणका क्रममा स्थानीय नेता तथा जनप्रतिनिधिसँग छलफल गर्ने बताएपनि कुनै समन्वय नभएको स्थानीय नेताहरुले गुनासो गरेका छन् । नेकपाका ओली समुहका कार्यकर्ता, सरकारी कर्मचारी र पत्रकारहरु मात्र कार्यक्रममा उपस्थित रहेका थिए । 

नेकपाका ओली निकट भनिएका संघिय सांसद राजेन्द्र गौतमले नियतवश नेकपाकै अन्य समुहका नेता तथा कार्यकर्तालाइ थाहा नदिएको र अन्य भुमिकाबाट बञ्चित गराउन खोजेको भन्दै नेकपा भित्र व्यापक असन्तुष्टी बढेको स्थानीय नेताहरुले बताएका छन्। प्रधानमन्त्रीको निकटकाहरुले गुट हावी गराएपछि आफूहरु जान आवश्यक नभएको नेकपाकै नेताहरुले बताए ।

नेपाली कांग्रेसका जिल्ला सभापति दिपनकुमार श्रेष्ठले प्रधानमन्त्री कुनै दलको गुट विशेषको स्वार्थमा चल्नु सहि नभएको बताए । नेकपाको गुटको असर जिल्लामा पनि पर्दा स्थानीय सरोकारका विषय कमजोर हुने सभापति श्रेष्ठको तर्क छ । सदरमुकामबाट तीन घण्टामा पुगिने कार्यक्रमस्थलमा जिल्ला तहका नेताहरुको उपस्थिति नहुदा संखुवासभावासी दलहरुको चर्तिकलाले निराश बनेका छन् । चर्चाको साँढे तीन दशकअघि प्रधानमन्त्री ओलीको तत्कालिन दल एमालेले नै अरुण तेश्रोको विरोध गरेपछि लगानीकर्ता पछि हटेको थियो। २ बर्षअघि अरुण तेश्रोको प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीले एकसाथ शिलान्यास गरेका थिए। मृगौला प्रत्यारोपणपछि प्रधानमन्त्रिको पहिलो पटक राजधानी बाहिरको कार्यक्रम एकसाथ चिनियाँ सीमा र भारतीयद्धारा निर्माणाधिन परियोजना अवलोकन हुनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ