arrow

एक बर्षमै ३ अभिभावक गुमाएका युवराज कुमालका परिवारलाई थप सहयोग जुट्दै

थपियो ३२ हजार सहयोग

logo
प्रकाशित २०७७ कार्तिक २६ बुधबार
yubraj-kumal.jpg

मुगु। आफ्ना ३ अभिभावकलाई एक बर्षभित्रै गुमाएका मुगुका युवराज कुमाल र उनको परिवारलाई थप सहयोग जुट्ने क्रम जारी छ। संकलित सहयोग रकम पत्रकार महासंघ मुगुका अध्यक्ष तथा हाम्राकुरा डटकमका जिल्ला प्रतिनिधि निपेन्द्र मल्लले मंसिर ५ गते घरमा पुगेर हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ। बुधवार थप ३२ हजार रकम सहयोग जुटेको हो।

देश तथा विदेशबाट संकलित रकम एकमुस्ट बुझाउने कार्यक्रम रहेको छ। सदरमुकामवाट पैदल यात्रा गर्दा करीव चार घण्टामा कुमालको घरमा पुगिने छ। उनलाई कैलाली सरकारी वकिल कार्यालयका सहायक जिल्ला अधिवक्ता सुरबहादुर परियारमार्फत सहयोग संकलन भएर हाम्राकुरा संवाददाता मल्ललाई हस्तान्तरण भएको छ।

कुमाललाई कन्चनपुर वेलौरी नगरपालिका ३ का दामोदर घिमिरेले दश हजार उपलव्ध गराएका छन्। त्यसैगरि कैलाली धनगढी उपमहानगरपालिका वडा नं २ कार्यालयमा कार्यरत निर्मला रावलले ५ हजार र अन्य व्यक्तिबाट दुई हजार २५ रुपैयाँ संकलन भएको छ। कैलाली धनगढी उपमहानगरपालिका वडा नं ३ शिवनगर महिला मानव अधिकार रक्षक चित्रा पनेरुले ५ हजार उपलब्ध गराएकी छिन्।

मुगु जिल्ला छायानाथ रारा नगरपालिका १ श्रीनगर गाउँ निबासी नम्रता मल्लले यहि २६ परेको आफ्नो जन्म दिनको खर्च कटाएर बालक र परिवारको लागि रु १० हजार उपलब्ध गराएकी छिन्।

एक बर्षभित्रै तीन जना अभिभावक गुमाएका युवराज कुमाल र उनको पारिवारिक स्थितिका बारेमा हाम्राकुरामा समाचार प्रकाशित भएपछि अहिले देश विदेशका मनकारी व्यक्तिहरुले सहयोग गरिरहेका छन्।

पछिल्लो पटक सरकारी वकिल कार्यालय कैलालिका सहायक जिल्ला अधिवक्ता सुरबहादुर परियारले २५ हजार सहयोग गरेका छन् । त्यसैगरि धार्दिङ घर भइ हाल काठमाडौं बस्दै आएका संचारकर्मी राजन अधिकारीले १० हजार सहयोग गर्ने भएका छन् । यस्तै पुर्ख्यौली मुगु भइ हाल वेलौरी नगरपालिका वडा नम्बर १ गोकुलपुर निवासी दक्षिण कोरियामा कार्यरत दिलबहादुर शाहीले टुहुरा कुमाल परिवारका लागि १० हजार सहयोग गरेका छन्।

यसअघी हाम्राकुराको कार्यालयमा आइ पत्रकार दिनेश दाहाल र भुपेन्द्र शमशेर कुँवरले सहयोग हस्तान्तरण गरेका थिए। दाहालले १० हजार र कुँवरले २० हजार सहयोग गरेका हुन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ