arrow

सचिवालय बैठकमा पेश गर्न प्रचण्ड छुट्टै दस्तावेज तयार गर्दै

बैठकमा केपी ओलीले गरेको अपमानदेखि विधान मिचेकोसम्म हिसाब प्रचण्डले पेश गर्ने

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ कार्तिक २७ बिहिबार
Prachanda-new-FNL.jpg.jpeg

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सचिवालय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई झुकाउने रणनीति तय गर्न खुमलटारमा पाँचभाइको छुट्टै भेला भएको छ। सचिवालय बैठक शुक्रबार अपरान्ह चार बजे बस्ने भएपछि उनीहरुले बेग्लै रणनीति तय गर्न खुमलटार जम्मा भएका हुन्। शुक्रबारको बैठकमा एक मतका साथ जानलाई विहिबार साँझ खुमलटारमा अध्यक्ष प्रचण्डसहित पाँच नेताको छलफल भएको छ।

खुमवटार छलफलमा अध्यक्ष प्रचण्डले ओलीबाट भएका कमजोरीको विषयलाई दस्तावेज बनाई बैठकमा पेश गर्ने बताएका छन्। ‘पार्टी एकता भएपछि ओलीजीले मलाई अपमान गर्न के के गर्नु भयो, पार्टीको विधान कसरी उल्लंघन गर्नुभयो त्यसको सबै हिसाब किताब राखेको छु साथै छुट्टै दस्तावेजको रुपमा पेश गर्नेछु’, प्रचण्डको भनाई उद्यृत गर्दै स्रोतले भन्यो । तर अन्य सदस्यहरुले दस्तावेज नै बनाईसक्नु भयो भन्दै प्रश्न गरेका थिए।

विहिबार अध्यक्ष प्रचण्डको निवास खुमलटारमा भएको बहुमत सचिवालय सदस्यबीचको छलफलले सचिवालय बैठकमा एक मतका साथ प्रस्तुत हुने रणनीति बनाएको स्रोतको भनाइ छ। बैठकलाई लिएर खुमलटारमा अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधव नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठबीच छलफल भएको खुमलटार स्रोतले भन्यो। तर विहिबारको बैठकमा वामदेव गौतम अन्तिम अन्तिममा पुगेका थिए।

नेकपामा शक्तिशाली निकायको रुपमा रहेको ९ सदस्सीय सचिवालयमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली अल्पमतमा छन्। प्रचण्ड र माधव कुमार नेपाल पक्षसँग ५ सदस्य बहुमत छ । गौतम, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठ समेत गरी उनीहरूको बहुमत पुग्छ। प्रधानमन्त्री ओलीसँग भने ईश्वर पोखरेल, महासचिव विष्णु पौडेल र गृहमन्त्री रामबहादुर थापा मात्रै छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ