arrow

जिल्ला प्रशासन कार्यालय सुर्खेतमा प्रभु बैंकको एक्स्टेन्सन काउण्टर

logo
प्रकाशित २०७७ कार्तिक २८ शुक्रबार
prabhu-surkhet.jpg

काठमाडौं। प्रभु बैंकले जिल्ला प्रशासन कार्यालय सुर्खेतमा एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ। सुर्खेतस्थित जिल्ला प्रशासन कार्यलयमा स्थापित एक्स्टेन्सन काउण्टरबाट कार्तिक २७ गते देखि कारोबार सुरु भएको हो।

नेपाल राष्ट्र बैंक तथा अन्य सम्बन्धित निकायसँग समन्वय गरी विभिन्न सरकारी निकायहरुको बैंकिङ्ग कारोबार प्रभावकारी रुपमा सञ्चालन गरिरहेको प्रभु बैंकले जिल्ला प्रशासन कार्यलय सुर्खेतमा पनि आफ्नो सेवा विस्तार गरेको हो। प्रभु बैंकको एक्स्टेन्सन काउण्टरबाट जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीहरुलाई रकम जम्मा गर्न र जिल्ला प्रशासन कार्यलयको काम गर्न सहज र सरल हुने प्रशासनका अधिकारीहरु बताउँछन्।

प्रभु बैंकको एक्स्टेन्सन काउण्टरबाट प्रवाह गरिने बैंकिङ्ग सेवाबाट स्थानीयबासी तथा सेवाग्राहीहरुले प्रभु बैंकको गुणस्तरीय बैंकिङ्ग सेवा उपभोग गरी लाभान्वित हुने समेत बैंकले विश्वास लिएको छ।

प्रभु बैंकले २११ वटा शाखा कार्यालय, २०१ वटा एटिएम, ५५ वटा एक्स्टेन्सन काउण्टर तथा १८ वटा शाखा रहित बैंकिङ्ग सेवा मार्फत् अत्याधुनिक प्रविधियुक्त बैंकिङ्ग सेवा प्रवाह गरिरहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ