arrow

संक्रमितको निः शुल्क उपचारमा दबाव दिन काग सम्मेलन

logo
प्रकाशित २०७७ कार्तिक २८ शुक्रबार
kag-tihar-crow.jpg

मंगलबारे । काग तिहारको अवसर  कलाकार रमेश दुलालद्वारा आयोजित काग सम्मेलन शुक्रबार इलाममा सम्पन्न भयो ।  राष्ट्रिय सङ्गीतकर्मी सङ्घका उपाध्यक्ष समेत रहेका उनले कागको आवाज निकालेर काग सम्मेलन गरेका हुन् ।

सो अवसरमा  उनले कोरोना संक्रमितको निः शुल्क उपचार गर्न सरकारलाई दबाव दिन  काग सम्मेलन आयोजना गरेको जानकारी दिए । विभिन्न जनावार, चराचुरुङ्गि तथा विभिन्न वाद्यवाधनको आवाज निकाल्ने कलाकार दुलालले इलाम चोक बजार र बजार नजिकै रहेको माइस्थान मन्दिरमा कागको आवाज निकालेर काग सम्मेलन सम्मन्न गरेका हुन् । 

काग तिहारको अवसर पारेर विगत १६ वर्षदेखि उनले काठमाडौँमा सङ्घको  आयोजनामा सम्मेलन गर्दै आएका थिए।  यस वर्ष आफ्नै जिल्लामा काग सम्मेलन गर्न पाएकोमा उनले खुशी व्यक्त गरे । 

जीव, जनावर तथा चराचुरुङ्गीको आवाज निकाल्न खप्पिस इलाम नगरपालिका २ का  दुलाल ‘कागे’ उपनामले समेत परिचित छन् । कागलाई यमदूतका रूपमा मान्ने शास्त्रीय परम्परा छ । यस दिन कागलाई मीठा खानेकुरा दिएमा राम्रो समाचार लगिदिने विश्वास गरिन्छ । 

कलाकार दुलालले कागलाई बोलाउने मात्र हैन आफ्नै आवाज मार्फत कागलाई धपाउने, बस्ने लगायतका क्रियाकलाप गर्न सकिने बताए । उनले इलाममा राष्ट्रिय लोक साँस्कृतिक संघ तथा दुलाल बन्धु सेवा समिति इलामले काग सम्मेलनको आयोजना गरेको हो । 

कार्यक्रममा इलामका प्रमुख जिल्ला अधिकारी तुलसी सेडाइँ, इलामका प्रहरी प्रमुख नबिनराज राई, सञ्चारकर्मी तथा स्थानीयको सहभागीता रहेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ