arrow

संघीयताको कार्यान्वयनमा सरकार नलागेको यादवको आरोप

logo
प्रकाशित २०७७ कार्तिक २९ शनिबार
upendra-yadav-600x0.jpg.jpeg

राजविराज । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले संघीयता र गणतन्त्रको सस्थागत विकासमा सरकारले ध्यान नदिएको आरोप लगाएका छन् । 

सप्तरीको राजविराजमा शुक्रबार आयोजित शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले संघीयताको प्रभावकारी कार्यान्वयनबाट मात्र जनताको अधिकार सुनिश्चित हुन्छ भने ।  अध्यक्ष यादवले गरीबी र बेरोजगारी समस्यालाई सम्बोधन आवश्यकता रहेकोमा जोड दिए ।

पार्टीका अर्का राजकिशोर यादवले बैकल्पिक राजनीतिक शक्तिको रुपमा पार्टी रहेको दाबी गरे  ।

 कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य रेणुकुमारी यादव, राष्ट्रिय सभा सदस्य मृगेन्द्रकुमारसिंह यादव, अर्का सदस्य शेखरकुमार सिंह, प्रदेश २ का सामाजिक विकास मन्त्री नवलकिशोर साह, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्रप्रसाद साह, प्रदेश सभा सदस्य मनिषकुमार सुमन लगायतले सम्बोधन गरेका थिए।

  पार्टीका जिल्ला अध्यक्ष केदार यादवको अध्यक्षता सम्पन्न कार्यक्रममा पार्टीका युवा नेता शम्भुकुमार यादवले कोरोना नियन्त्रण गर्न सरकारले ध्यान दिनुपर्छ भने।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ