arrow

पाँच दिनअघि सुत्केरी भएकी महिलाको संक्रमणबाट निधन

logo
प्रकाशित २०७७ कार्तिक २९ शनिबार
woman-dead-body.jpg

धरान । धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा थप १९ वर्षीया संक्रमित एक किशोरीको मृत्यु भएको छ । 

सनुसरीको बराहक्षेत्र नगरपालिका–५ की किशोरीको शनिबार उपचारका क्रममा मृत्यु भएको हो ।

प्रतिष्ठानका सहप्रवक्ता डा आशिष श्रेष्ठका अनुसार, पाँच दिनअघि सुत्केरी भएकी उनलाई शक्रबार मात्र कोभिड अस्पताल भर्ना गरिएको थियो ।

शुक्रबार नै उनको कोरोना पोजिटिभ रिपोर्ट आएको थियो । यससँगै प्रतिष्ठानमा मृत्यु हुनेको सङ्ख्या ९८ पुगेको छ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ