arrow

उपत्यकामा ८३५ सहित उन्नाइस सय छ्यालीस संक्रमित थप, तेह्रको मृत्यु

logo
प्रकाशित २०७७ कार्तिक २९ शनिबार
corona-nepal-ministry.JPG

काठमाडौँ । मुलुकभर कोरोना भाइरस उन्नाइस सय छ्यालीस जनामा पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा शनिबार यहाँ जारी  बुलेटिन  अनुसार आठ हजार ७५३ जनाको पिसिआर परीक्षण गर्दा ८१६ महिला र एक हजार १३० जना पुरुषमा कोरोना पुष्टि भएको हो  । 

ती संक्रमित मध्ये प्रदेश १ का २२७, प्रदेश २ का ३८, वाग्मती प्रदेशका ९७८, गण्डकी प्रदेशका ३९९, लुम्बिनी प्रदेशका २०९ , कर्णाली प्रदेशका दुई र सुदूरपश्चिम प्रदेशका ९३ जना रहेका छन । ती संक्रमितसँगै नेपालमा अहिलेसम्म दुई लाख ८ हजार २९९ जनामा कोरोना पुष्टि भएकोे छ ।

यस्तै विगत २४ घण्टामा दुई हजार ५०३ जना निको भइ घर फर्किएका छन् । अहिलेसम्म एक लाख ७० हजार ६३२ जना निको भइ घर फर्किसकेका छन । नेपालमा निको हुने दर ८१.९ प्रतिशत रहेको छ । मन्त्रालयका अनुसार ३६ हजार ४५२ जना सक्रिय संक्रमित रहेका छन ।  

मन्त्रालयका अनुसार शनिबार १३ जनाको कोरोनाबाट निधन भएका छ । अहिलेसम्म संक्रमणबाट निधन हुनेको सङ्ख्या एक हजार २१५ पुगेको छ ।

 उपत्यकामा  ८३५ संक्रमण देखिएको छ । ती मध्ये ३७९ महिला र ४५६ जना पुरुष रहेका छन् । अहिलेसम्म उपचार गराइरहेका संक्रमितमध्ये ३७६ जना सघन उपचार कक्ष (आइसियु) र ७४ जनाको भेन्टिलेटरमा रहेका छन् ।  

ती मध्ये आइसियुमा प्रदेश  १ का ५३, प्रदेश २ का १३, वाग्मती प्रदेशका १३६ , गण्डकी प्रदेशका ९४, लुम्बिनी प्रदेशका ६५, कर्णाली प्रदेशका १० र सुदूरपश्चिम प्रदेशका ५ जना रहेका छन ।  भेन्टिलेटरमा प्रदेश  १ का १२ , प्रदेश २ का एक, वाग्मती प्रदेशमा ४४, गण्डकी प्रदेशका १३  र लुम्बिनी प्रदेशका चार जना रहेका छन ।

  पाँच सय भन्दा बढी संक्रमित भएका जिल्लामा झापा, मोरङ, सुनसरी, काठमाडौँ, भक्तपुर, ललितपुर, चितवन, काभ्रे, कास्की, नवलपरासी (पूर्व), दाङ, रुपन्देही र कैलाली रहेका छन । शुन्य संक्रमित रहेको जिल्ला एकमात्र मनाङ रहेको मन्त्रालयले जनाएको छ ।  क्वारेन्टिनमा एक हजार ५७ जना र होम आइसोलेसनमा सात हजार ७२०  जना रहेका छन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ