arrow

दमक अस्पतालमा आगलागी

logo
प्रकाशित २०७७ कार्तिक २९ शनिबार
fire-final.jpeg

दमक । विद्युत चुहिएर झापाको दमक नपा–१ मा रहेको दमक अस्पतालमा शनिबार आगलागी हुदाँ लाखौंको क्षति भएको छ । सो अस्पताल जिल्ला स्तरिय सरकारी अस्पताल हो ।

अस्पतालको औषधी भण्डारण कक्षमा अचानक विद्युत् चुहिएर आगलागी हुदाँ रु एक करोड मूल्य बराबको क्षति हुन पुगेको अस्पतालले जनाएको छ । अपराह्न २बजेदेखि लागेको आगलागीबाट अस्पतालका लागि चाहिने औषधी पूर्णरुपमा नष्ट भएको अस्पतालका निमित्त सुपरिटेन्डेन्ट डाक्टर खड्ग लिम्बुले वताए । 

नगरपालिकाका दुई दमकल, अस्पतालका कर्मचारी, प्रहरी तथा स्थानीयको सहयोगबाट  करिब आधा घण्टापछि आगो पूर्णरुपमा नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ