arrow

कांग्रेस नेतृ ईश्वरी न्यौपानेलाई पति वियोग, कोरोनाबाट निधन 

logo
सौरभ गिरी,
प्रकाशित २०७७ कार्तिक ३० आइतबार
125540854_376014593667356_8.jpg

नेपालगञ्ज । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एव पूर्व सभासद ईश्वरी न्यौपानेलाई पति वियोग भएको छ । महिला विभाग प्रमुख पूर्व सचेतक न्यौपानेका पति कांग्रेस महासमिति सदस्य लक्ष्यबहादुर न्यौपानेको ६५ वर्षको उमेरमा निधन भएको उनका भतिज प्रज्ञान न्यौपानेले जानकारी दिए ।  

उनको निधन कोरोना भाइरसको महामारीका कारण भएको हो । कैलाली भजनी ८ का उनको उपचारका क्रममा कोरोना लागेर नेपालगञ्जमा ज्यान गएको हो । उनको उपचारका क्रममा भेरी अस्पताल नेपालगन्जमा शनिबार राति १०ः५० बजे मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए । 

उनी लामो समयदेखि मधुमेह र उच्च रक्तचापका बिरामी थिए । स्वास्थ्यमा समस्या भएपछि कोभिडको आशंकामा कार्तिक २१ गते टिकापुर अस्पतालबाट उनको स्वाब लिइएको थियो ।

२२ गते कोरोना पुष्टि भएपछि होम आइसोलेसनमा बसेका उनको अवस्था गम्भीर बनेपछि २८ गते साँझ साढे ५ बजे भेरी अस्पताल नेपालगन्ज ल्याइएको थियो । 

योसंगै बाँकेमा उपचारका लागि गएका बाहिरी जिल्लाका ३६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ