arrow

कांग्रेस नेताको कोरोना संक्रमणबाट मृत्यु, देउवाद्वारा दुःख व्यक्त

logo
प्रकाशित २०७७ कार्तिक ३० आइतबार
nepali-congress-flag.jpg.jpeg

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका ज्येष्ठ राजनीतिज्ञ सभाका सदस्य एवं महासमिति सदस्य लक्ष्यबहादुर न्यौपानेको निधनप्रति दुःख व्यक्त गरेका छन् । 

न्यौपानेको निधन कोरोना भाइरसको महामारीका कारण भएको हो । कैलाली भजनी ८ का उनको उपचारका क्रममा कोरोना लागेर नेपालगञ्जमा ज्यान गएको हो । उनको उपचारका क्रममा भेरी अस्पताल नेपालगन्जमा शनिबार राति १०ः५० बजे मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए । 
 
सभापति देउवाले एक शोक वक्तव्यमार्फत स्व न्यौपानेले पार्टी र नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा पुर्‍याएको सक्रिय योगदानको स्मरण गर्दै उनमा श्रद्धाञ्जलि अर्पण र शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् ।

स्व न्यौपाने क्यान्सर रोगबाट पीडित थिए । उनी कांग्रेसका केन्द्रीय सदस्य एवं महिला विभाग प्रमुख ईश्वरी न्यौपानेका श्रीमान् हुन् । स्व न्यौपानेले पार्टी सङ्गठन र नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गरेका थिए। कांग्रेसले उनको निधनबाट एक निष्ठावान् राजनीतिज्ञलाई गुमाएको उल्लेख गरेको छ ।
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ