arrow

मनाइयो गाई, गोरु र हली तिहार

logo
हाम्रा कुरा
प्रकाशित २०७७ कार्तिक ३० आइतबार
gai-tihar.jpg

काठमाडौँ । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आइतबार गाई, गोरु र हलीको पूजा गरी मीठा खानेकुरा खान दिएर मनाइएको छ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातनकालदेखि विधि हो ।

 गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ । स्थानीय जातका गाईमा हुने जुरोले सूर्य र चन्द्रमाबाट ऊर्जा लिई दूध, गहुँत र गोबरका माध्यमबाट मानिसमा शक्ति दिने भएकाले गाईको महत्व छ भनी आधुनिक विज्ञानले पनि प्रमाणित गरेको छ । 

जसबाट १४८ प्रकारका रोगसमेत निको हुने वैज्ञानिक अनुसन्धानले पुष्टि गरेको छ ।

गाईको पूजा गरी आइतबारका दिन मीठामीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैँ प्राप्त हुने धार्मिक विश्वास छ । नेपालका कतिपय भाग र केही समुदायमा कार्तिक कृष्ण औँसी अर्थात् लक्ष्मी पूजाकै दिनमा गाई पूजा गर्ने परम्परा रहे पनि औँसीको अन्त्य र प्रतिपदाको शुरुमा गाई पूजा गर्नुपर्ने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् एवम् नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए ।

यही मान्यताका आधारमा आइतबार गाई पूजा गरिएको हो । आइतबार गाई पूजा गरी साउन शुक्ल पूर्णिमाका दिनमा दाहिने हातमा बाँधिएको रक्षाबन्धन (डोरो) गाईको पुच्छरमा बाँधिदिएमा मृत्युपश्चात् गाईले स्वर्ग जानका लागि वैतरणी नदी तारिदिने धार्मिक विश्वास छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ