arrow

 म्हपूजाः नेवार समुदाय कसैले आइतबार पूजा गरे कसैले सोमबार गर्दै 

logo
प्रकाशित २०७७ मंसिर १ सोमबार
dhakatopi.jpg

काठमाडौं । आइतबार साँझ शुक्ल प्रतिपदा परेका दिन नेवार समुदायमा  म्हः (आत्म) पूजा समेत गर्ने परम्परा रहेको बगलामुखी पात्रोका पञ्चाङ्गकार शशिधर जोशीले जानकारी दिए । यस वर्ष आइतबार साँझमै शुक्ल प्रतिपदा परेकाले यसै दिन पूजा गर्नुपर्ने निर्णय गरिएको उनले सुनाए । 

साँझ कार्तिक शुक्ल प्रतिपदा परेका दिन आइतबार नै नेवार समुदायका मानिसले आफ्नो  म्हःपूजा पर्व मनाएका छन् । यस वर्ष आइतबार र सोमबार दुई दिन प्रतिपदा तिथि परेका छन् । एकथरि नेवार समुदायले आइतबार म्हःपूजा गरेका छन् । अर्काथरिले भने सोमबार गर्दैछन् । सोमबार नयाँ वर्ष मनाएर आत्मपूजा गर्नेले मंगलबार भाइटीका गर्ने जानकारी गराएका छन् । 

यस अवसरमा मङ्सिर २ गते मङ्गलबार पनि सरकारले सार्वजनिक बिदा दिएको छ । मानिसको आत्मा नै सबैभन्दा ठूलो र महत्वपूर्ण भएकाले आत्मपूजा गर्ने परम्परा शास्त्रीय भएको धर्मशास्त्रविद् प्रा डा गौतमले जानकारी दिए ।

आत्मसन्तुष्ट बनाई खुशी राख्न सके देवीदेवता पनि प्रसन्न भई आशीर्वाद दिने  र जीवन लिएको सार्थक हुने धार्मिक विश्वास छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ