arrow

हुम्लामा हिमपात, जाडो बढेपछि तापक्रम माईनस ८ डिग्री

logo
जनकबहादुर शाही,
प्रकाशित २०७७ मंसिर १ सोमबार
humla-snowfall.jpg

हुम्ला। कार्तिकको अन्तिम दिनबाटै हुम्लामा हिमपात शुरु भएको छ । आईतबार रातीबाट हुम्लामा हिमपात शुरू भएपछि तापक्रम माईनसमा झरेको छ भने जाडो अत्याधिक बढेको छ । हिमपात हुँदा हुम्ला लगायतका हिमाली जिल्लाहरुको जनजीवन प्रभावित बनाएको छ । हुम्लाको उतरी नाम्खा गाउँपालिकाका प्राय बस्तिहरुमा एक फिट भन्दाबढी हिउँ जमेको छ भने अहिले सदरमुकाम सिमकोटमा २ ईन्च हिउँ जम्दा सिमकोटमा तापक्रम माइनस ८ डिग्रीमा झरेको छ ।

आइतबार रातीदेखि परेको हिमपातले हुम्लाको सिमकोट लगायतका हिमाली जिल्लामा रहेको हवाईसेवा बन्द भएको विमानस्थलका अधिकारीहरुले बताएका छन् । हिमपातले चिसो बढेसँगै तिहारको अन्तिम दिन भाईटिकमा टिका थाप्न जानेहरुलाई हिमपातले समस्या पार्ने देखिएको छ ।

लामो समयदेखि बर्षा नहुँदा समस्यामा परेका कृषक भने हिमपातले हर्षित भएका छन् । जिल्लाको उत्तरी नाम्खा गाउँपालिकामा हिमपातले गाईवस्तु, याक चौरीलाई भने समस्या भएको त्यस क्षेत्रका स्थानियले बताएका छन् । उच्च हिमाली जिल्ला हुम्लामा हिमपात र पानी परिरहेकाले प्रमुख जिल्ला अधिकारी चिरन्जीवी गिरीले यहाँका स्थानियलाई सतर्क रहन आग्रह समेत गरेका छन् । पश्चिमी भुभागमा सामान्यदेखि पूर्ण बदली भएकोले कर्णालीका हुम्ला, मुगु, जुम्ला, डोल्पा लयातका जिल्लाहरुमा पानी पर्नुका साथै उच्च हिमाली क्षेत्रमा हिमपात भईरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ