arrow

कांग्रेस सांसद दिव्यमणी राजभण्डारीद्धारा राष्ट्रिय आविश्कार केन्द्रलाई एक लाख रुपैयाँ दान

logo
प्रकाशित २०७७ मंसिर १ सोमबार
dibyamani.JPG

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं सांसद दिव्यमणी राजभण्डारीले नेपाल सम्बत् ११४१ को अवसरमा सबै नेपालीलाई शुभकामना व्यक्त गरेका छन् । उनले धेरै जना साथीभाइलाई बोलाएर भोजभतेर गर्ने गरे पनि यो वर्ष कोभिड १९ कारणले गर्दा सँगै बस्न नसकेको पनि बताएका छन् । 

सांसद राजभण्डारीले अहिलेको अवस्थामा कोरोना संक्रमणको रोकथामका लागि सघाउ पुर्याइरहेका व्यक्ति र संस्थालाई सघाउनु महत्वपूर्ण हुन जाने भन्दै वैज्ञानिक एवं राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुन र उनको संस्थालाई एक लाख रुपैयाँ सहयोग दान हस्तान्तरण गरेका छन् ।

आफूले उक्त संस्थालाई सहयोग गर्न पाउँदा धेरै खुशी लागेको समेत उनले उल्लेख गरेका छन् । साथै सांसद राजभण्डारीले उक्त संस्थालाई सघाउन सहृदयी हातहरुलाई आग्रह समेत गरेका छन् । 

सहयोग दान लिएपछि पुनले राजभण्डारीलाई धन्यवाद दिएका छन् । 


सांसद राजभण्डारीले विभिन्न समयमा विभिन्न व्यक्ति तथा संस्थालाई दान दिँदै आएका छन् । उनी संसद चलेका बेलामा सबैभन्दा बढी संसद बैठकमा सहभागीता जनाउने सांसद हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ