arrow

नेकपा विवादः प्रचण्ड–ओली आमने सामने 

logo
प्रकाशित २०७७ मंसिर २ मंगलबार
oli-prachanda-final.jpg

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आन्तरिक विवाद व्यक्तिगत आरोप प्रत्यारोपमा अगाडि बढिरहँदा एकले अर्कोलाई नगर्ने प्रवृत्ति हावी भएको छ । दुई अध्यक्षहरु प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच आरोप प्रत्यारोप चलेपछि समस्या समाधान भन्दा पनि बिग्रने स्थितिमा पुगेको बताइन्छ । 

दुई अध्यक्षबीचको विवाद मिलाउन दोस्रो तहका नेताहरु प्रयासरत रहे पनि सफल हुन नसकेको बताइन्छ । नेपालीहरुको दोस्रो ठूलो चाडलाई समेत सत्तारुढ दलको झैंझगडाले छायाँमा पारेको भन्दै एक स्थायी कमिटी सदस्यले भने, ‘हाम्ले प्रयास गर्ने हो नेताहरुले आफूलाई सुधार्ने हो ।’

उनले दुवै अध्यक्ष इमानदार नभएकाले गर्दा नै अहिलेको समस्या देखिएको दावी गरे । सचिवालयको बैठक बुधबार (मंसिर ३ गते) बस्दै गर्दा समस्याको समाधान निस्केला त भन्ने जिज्ञासामा उनले भने, ‘भोलि कसले देखेको छ र ।’

सचिवालय बैठकमा प्रचण्डले ओलीबारेमा विभिन्न आरोपसहित राजनीतिक प्रस्ताव पेश गरेपछि विवाद थप बल्झिएको छ । ओलीले भने ती आरोपको जवाफ नदिने बताएका छन् । 

गत आइतबार वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष वामदेव गौतमसँग बालुवाटारमा छलफल गरी उनले प्रचण्डले पेस गरेको राजनीतिक प्रस्तावमा झुटा आरोप लगाइएकाले आफूले जवाफ दिन उचित नठानेको बताएका हुन् ।

ओलीले प्रचण्डको प्रस्ताव राजनीतिक नभई आफूमाथिको प्रहार भएकोसमेत दाबी गरेका छन् । ओली पक्षीय नेताहरुले प्रचण्डको उक्त पत्र राजनीतिक नभई आरोपपत्र मात्र भएकाले जवाफ दिन नपर्ने पनि बताएका छन् । 

आफू पक्षीय नेताहरुसँग निरन्तर छलफलमा रहेका ओलीले गौतम र नेपाललाई पनि विभिन्न प्रलोभन देखाएको पाइएको छ । 

प्रचण्डले भलै आरोप लगाएका होउन् तर देश र जनताका सवालसँग पनि ती आरोपहरु जोडिएकाले पनि ओलीले जनताका नाममा जवाफ दिनुपर्नेमा नेकपाका केही नेताहरुले बताएका छन् । 

माधव नेपाललाई अध्यक्ष र वामदेवलाई उपप्रधानमन्त्री बनाउने ओलीको प्रस्ताव, दुबैले पत्याएनन्


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ